Friday, January 22, 2021

सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुँदै

- Advertisement -

माघ २९, बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो ।

बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको बित्थडचीर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका यी स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरको व्यवस्थाको रूपमा विकास गर्ने भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा परेकाहरुलाई तत्काल स्वास्थ्य सेवा दिन र उनीहरुलाई सुरक्षितरूपमा अस्पतालमा पुर्‍याउने काममा सहयोग गर्न ट्रमा कर्नरले भूमिका निर्वाह गर्नेछ । उनले भने, ‘ट्रमा कर्नरको स्थापनाले दुर्घटनाका कारण ज्यान जानेको संख्यामा कमी आउनेछ ।’

सरकारले सुदूरपश्चिमका चारसहित देशका ५४ ठाउँमा ट्रमा कर्नर स्थापनाको तयारी भएको हो । प्रत्येक ठाउँमा ट्रमा कर्नर स्थापनाका लागि सम्बन्धित स्थानीय तहमा रू. एक लाख ७० हजारका दरले बजेट विनियोजन गरिएको छ । राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा कर्नरमा चोटपटक लागेका नेपालका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तरकारी मात्रै हैन रायोको साग औषधी पनि हो!

सरल र सर्ब-सुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो...

शरिरलाई तन्दुरुस्त राख्नका लागि तपाईँले खानै पर्ने यी १० चिजहरु !!!

प्रायः व्यक्तिहरू दिनभर थकित महसुस गर्छन्। शरीरमा उर्जाको अभावले दैनिक कार्यहरूमा प्रभाव पार्छ। तपाईँ कति मात्रामा खाना खानुहुन्छ यसको पुरै प्रभाव पूरै दिनको गतिविधिलाई...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

भारत सरकारद्वारा नेपाललाई दश लाख खोप हस्तान्तरण !

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन...

आयुर्वेद जीवनको ज्ञान हो :देबराज पुरूष !

कन्चनपुर: आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार...

बैतडीमा जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य !

बैतडी - बैतडी जिल्ला कोरोना सक्रिय संक्रमित शून्य जिल्ला भएको छ । सक्रिय संक्रमित सबै निकोभएर डिस्चार्ज भएपछि तत्कालका लागी बैतडी सक्रिय संक्रमित शून्य...

प्रसिद्ध त्रिपुरासुन्दरीको भण्डार घरमा ताम्रपत्र

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको भण्डार घरको छानामा ताम्रपत्र लगाइएको छ। प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सो मन्दिरको भण्डार घरको छानो ताम्रपत्रले छाएको त्रिपुरासुन्दरी मन्दिर...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया