सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अख्तियारको २९ औँ वार्षीकोत्सव सम्पन्न

सुशासन र आर्थिक पादर्शितामा जोड

महेन्द्रनगर २८ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेशिक कार्यालय महेन्द्रनगरले २९ औँ वार्षीकोत्सव सम्पन्न गरेको छ । मंगलबार आयोगको महेन्द्रनगर कार्यालयले एक कार्यक्रमका वार्षीकोत्सव भव्यताका साथ सम्पन्न गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला कुमारी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भौतीक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा, मुख्य सचिव बालकृष्ण घिमिरे, जिल्ला समन्वय समिति प्रमुख लगायत स्थाानीय तह जनप्रतिनिधि, कार्यालय प्रमुख लगायत राष्ट्र सेवक कर्मचारीहरुको सहभागीता रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख शर्मीला पन्तले भ्रष्टाचारलाई सबैले सामाजिक रुपमा निरुत्साहित पार्नु पर्ने बताईन् । उनले भ्रष्टाचार विकासको बाधक भएको उल्लेख गदैँ भष्टाचार विरुद्ध सबैले शुन्य सहनशिलता अपनाउनु पर्ने बताईन् । भ्रष्टाचारलाई निर्मुल पार्न सुशासन र आर्थिक पादर्शिता जोड दिनु पर्ने उनको भनाई छ ।

Dirghayu Ads
Sana Kishan

त्यस्तै सुदूरपश्चिम प्रदेशका भौतीक विकासमन्त्री बोहराले भष्टाचार सामाजिक रोग भएको बताउँदै कर्मचारीतन्त्र र सेवाग्राहीले सचेत हुनु पर्ने बताए । उनले साथै उनले पछिल्लो समयमा अख्तियारले उल्लेखनी काम गरिरहेको बताउँदै ‘भष्टाचार विरुद्धको अभियानमा तपाई हामी सबैले एकजुत हुनुपर्छ, यसमा प्रदेश सरकार पनि एकदमै सचेत छ’ उनले भने । साथै भ्रष्टाचार निराकरणका लागि सुशासन र आर्थिक पादर्शिता आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्य सचिव बालकृष्ण घिमिरेले कर्मचारीलाई नैतिकवान र कर्तव्यनिष्ठ भएका काम गर्न निर्देशन दिए ।
२९ औँ वार्षीकोत्सव समारोहको अध्यक्षता समेत ग्रहण गरेका आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरका प्रमुख बाबुराम खतिवडाले भ्रष्टाचार निवारण सबैको सहयोग आवश्यक रहेको औल्याए । उनले एक्लै आयोगको पहलले मात्रै भष्टाचार अन्त्य नहुने भन्दैँ कर्मचारीतन्त्र र आम नागरिकले जिम्मेवार हुनु पर्ने बताए ।

आयोगको क्षेत्रीय कार्यालय प्रमुख खतिवडाले स्थानीय तहमा सुुशासन नियमनकारी निकाय नहुदाँ भ्रष्टाचार बढेको बताए । उनका अनुसार सुशासनले भष्टाचारलाई नियन्त्रण गर्ने भएपनि स्थानीय तहमा शुसासन नियमनकारी निकाय नहुदाँ भ्रष्टाचार बढेको बताए ।

‘अख्तियारमा अधिकाशं उजुरी सुशासनसँग सम्बन्धि परेको देखिन्छ’ प्रमुख खतिवडाले भने ‘यसले अक्तियारको कार्यसम्पादनमा समय बढी खर्चिदाँ अन्य आर्थिक अनियमिताका उजुरीबारे अनुसन्धानमा ढलाई भईरहेको छ ।’
साथै प्रदेश स्थानीय तहमा सुशासन कायम गर्ने निकायलाई स्थापना गरिनु आवश्यक रहेको उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.