Sunday, January 17, 2021

सदन अवरुद्ध गर्ने निर्णयबाट यसरी पछि हट्यो कांग्रेस

- Advertisement -

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सदन अवरोध गर्ने निर्णयबाट पछि हटेपछि मंगलबार प्रतिनिधि सभाको बैठक निर्वाध चल्यो ।

संसदीय दलको बैठकबाट मंगलबार कांग्रेसले सदनको अवरोध हटाउने निर्णय गरेको हो । सो निर्णयसँगै एक हप्तादेखि अवरुद्ध हुँदै आएको सदन संचालन भयो ।

ललिता निवासको जग्गा प्रकरणमा पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अघिल्लो हप्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि आक्रोसित बनेको कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो ।

यसरी भयो निर्णय
मंगलबार विहान बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा प्रमुख सचेतक बालकृष्ण खाँडले सभापति शेरबहादुर देउवाको ध्यनाकर्षण गराउँदै बैठक सुरुवात गरेका थिए । त्यसक्रममा उनले सदनको अवरोधबारे ब्रिफिङ गरेका थिए ।

‘तेस्रो दिन संसद अवरुद्ध गर्दा सभामुख (अग्नि सापकोटा) ले हामीलाई बोल्नै दिनुभएन’ खाँडले बैठकमा भनेका थिए, ‘उहाँले माइक काटिदिनुभयो, यस्तो भएपछि निरन्तर अवरुद्ध गर्न गाह्रो छ ।’

खाँडको कुरा सुनेपछि सभापति देउवाले संसद बैठक अवरुद्ध नगर्ने निर्णय सुनाए । उनले भने, ‘तपाईंहरू त्यसै भन्नुहुन्छ भने अवरुद्ध नगरौं । उपसभापतिजीको विषयलाई राजनीतिक मुद्दा बनाऔंँ ।’

स्रोतका अनुसार, करिब दुई घण्टा चलेको बैठकमा उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार भने खासै बोलेनन् । संसदीय दल कार्यसमितिको बैठकमा उनले अन्य नेताहरुको कुरा सुने ।

त्यसपछि संसद चल्याे
सभामुख अग्नि सापकोटाले आजको प्रतिनिधि सभाको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेस सांसदहरू पहिले झैँ उठे, तर सदन अवरोधका लागि थिएन ।

सभामुख सापकोटा मुसुक्क हाँसे । उनले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्नका लागि समय दिए । सचेतक भुसालले बोल्न सुरु गरेपछि कांग्रेसका सबै सांसदहरु आआफ्नो आसनमा बसे ।

भुसालले राजनीतिक पूर्वाग्राही साँधेर अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको बताइन् । भनिन्, ‘राजनीतिक पूर्वाग्रहको आधारमा विभेदकारी व्यवहार, लोकतान्त्रिक मूल्यमान्यता विपरित, समानताको सिद्धान्त विपरित भेदभावपूर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।’

आफूहरुले संसद अवरुद्धको गर्नुको कारण के थियो भन्ने खुलाउँदै करिव १२ मिनेट बोलेकी भुसालले अधिकांश समय अख्तियारले पक्षपातपूर्ण व्यवहार गरेको दावी गरिन् ।

उनले थपिन्, ‘संविधानले परिकल्पना गरेको तटस्थ, निष्पक्ष ढंगबाट आफ्नो अधिकार क्षेत्रभित्र रहेर आफ्नो कामहरु गर्न दायित्वका साथ अगाडि बढ्नुपर्ने अख्तियारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर, सरकारबाट प्रभावित भएर मुद्दा दायर ग¥यो ।’

भुसालको भनाइमा सहमति जनाउँदै कांग्रेस सांसदले ताली बजाए । प्रतिनिधि सभाको आजको बैठकमा सभापति देउवा भने उपस्थित थिएनन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

उपत्यकाका विद्यालय संचालनमा आउँदै

काठमाडौँ – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले...

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं – जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शनिबार साँझ पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना भएको हो...

रानाथारु भाषाको व्याकरण निर्माण सहित अभिलेखीकरण हुने

कञ्चनपुर, ०४ माघ । नेपालमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा विगत लामो समयदेखि आदिवासीको रुपमा बसोवास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण...

भारतद्वारा सीमावर्ती नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशजगा सडकमा अवरोध

बेलौरी,कञ्चनपुर नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत भ्रमणमा रहेकै बेला भारतीय पक्षले कञ्चनपुरको सीमा क्षेत्रम नेपालीमाथि ज्यादती गरेको छ । संसद विघटनले केन्द्रमा राजनीतिक...

कांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन सनिवार गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत लोकतान्त्रिक...

काँग्रेस नेता सिंहको प्रधानमन्त्रीलाई प्रश्न – ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा...

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । प्रतिनिधिसभा...

हिउँदमा केटु आरोहण : नेपाली टोलीले राख्यो किर्तिमान

काठमाडौं – नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया