Tuesday, January 19, 2021

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्‍न

- Advertisement -

भगीरथ अवस्थी
बैतडी, २७ माघ । पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएको छ । २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको भएपनि ढिलो गरी कालोपत्रे सम्पन्न भएको हो । कालोपत्रे सकिए लगत्तै किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए ।
विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको हो ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो।

विमानस्थल कालोपत्रेका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्‍का सम्झौता भएको थियो ।पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । विविध कारणले २०५२ सालदेखि विमानस्थल बन्द भएको हो।

त्यतिबेला पहाडि जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

तत्काल विमानस्थल सञ्चालनमा नआउने

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएपनि तत्काल विमानस्थल सञ्चालनमा आउने अवस्था भने छैन् । विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ ।

टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्‍का समेत भएको छैन् । त्यसकारण विमानस्थल कालोपत्रे भएपनि तत्काल सञ्चालन नआउने बताइएको छ । चाँडै सञ्चालनमा ल्याउनका लागि सरकारले टर्मिनल भवन निर्माणको काम अघि बढाउनुपर्ने पाटनका स्थानीय लक्ष्मण विकले बताए ।

पाटन विमानस्थल सञ्चालनमा आएमा धार्मिक पर्यटक भित्र्याउन सकिने स्थानीयको बुझाइ छ। सात बहिनी भगवतीका मन्दिर, सात भाइ केदारका मन्दिर, पातालभुवनेश्वर, सिगासधुरा र उदयदेवलगायतका प्रसिद्ध धाम रहेका छन्। विमानस्थल सूचारु भएमा जिल्लामा धार्मिक पर्यटक बढ्ने संभावना छ।-अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म ,...

दिपकराज भट्ट / डडेल्धुरा - डडेल्धुरा काे भागेश्वर गाउँपालिका कागजमा मात्र मदिरा निशेध गरिएकाे स्थानिय नागरिकाे गुनासाे छ । पाँच वडा रहेकाे गाउँपालिकामा गाउँ...

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी...

डिजेल र पेट्रोलको भाउ बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले...

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको...

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ । सूदूरपश्चिम कै...

कांग्रेस डोटीका सचिव जोशी : कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए

डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले कांग्रेसको जगमा टेकेर खलनायकको चरित्र देखाएको आरोप लगाए । नेपाली कांग्रेस जोरायल गाउँपालिकाले जोरायलमा आयोजना...

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको...

नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया