Friday, January 22, 2021

प्रदेश २ सबैभन्दा गरिब

- Advertisement -

जनकपुरधाम : सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गास। बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ ।

बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचकांकमा भने पुछारमा छ ।

आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ । ‘यसले प्रदेश धेरै पछाडि परेको देखाउँछ’, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले भने, ‘प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ ।’ पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य छ ।

रौतहट सबैभन्दा पछाडि

नीति आयोगको तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी बहुआयामिक गरिबी रौतहटमा छ । रौतहटमा सबैभन्दा बढी ४६.४३ प्रतिशत गरिबी छ ।

दोस्रो गरिब जिल्लाका रुपमा महोत्तरी छ । महोत्तरीमा ४४.७५ प्रतिशत गरिबी रहेको तथ्यांक छ । तेस्रो गरिब जिल्ला सर्लाहीमा ४३.८६ प्रतिशत गरिबी छ । गरिबीमा सिरहा चौथो र धनुषा पाँचौं नम्बरमा छन् । सिरहामा ४२.६२ प्रतिशत गरिबी छ भने धनुषामा ४१ प्रतिशत गरिबी छ ।

छैटौं गरिब जिल्लाका रूपमा बारा छ । बारामा ४०.०९ प्रतिशत गरिबी छ । तथ्यांकमा सातौं गरिब सप्तरी र आठौं पर्सा छन् । सप्तरीमा ३८.३४ र पर्सामा ३६.३७ प्रतिशत गरिबी छ । पर्साको मानव विकास सूचकांकको अवस्था ०.४२१ छ । सप्तरीको ०.४३७, सिरहाको ०.४०८, धनुषाको ०. ४०१, महोत्तरीको ०.३८८, सर्लाहीको ०.४०२, रौतहटको ०. ३८६, बाराको ०. ३८६ र पर्साको मानव विकास सूचकांक ०.४६४ रहेको प्रदेश नीति आयोगले जनाएको छ । -अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

स्थानीयहरुले विद्युत विस्तार नगरिएको भन्दै ३३ केभी प्रशारण लाइन अवरुद्ध !

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा समयमै विद्युत विस्तार नगरेको भन्दै  विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन् । नगरपालिकाको वडा नं ५, ६,...

चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको बैतडीमा मानव-चितुवा द्वन्द व्यवस्थापनमा विज्ञ...

बैतडीमा मानव वन्यजन्तुबीच देखिएको द्वन्द व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ ९ गते शुक्रबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान...

पहिलो गीत बाटै चर्चामा बैतडीका हंस राज जोशी !

महेन्द्रनगर ! बैतडी जिल्लाको दसरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वालेक जोशीबुङ्गाका बुवा दामोदर जोशी र आमा भान्मती जोशीको कोखबाट जन्मिएका पछिल्लो समयका चर्चित डेउडा गायक...

पर्यटन धार्मिक तथा आस्थाको केन्द्र बन्दै ‘शान्तिधाम’ !

काठमाडौँ। काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर...

कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी: कारण...

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको...

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्‍न विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ !

विराटनगरः मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया