Wednesday, January 20, 2021

नेपाल फोटो पत्रकार महासंघको सुदुरश्चिम प्रदेश कमिटी गठन

- Advertisement -

धनगढी २५ माघ ।

नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ । शनिबार धनगढीमा भएको सुदूरपश्चिमका फोटो पत्रकारको भेलाले प्रदेश कमिटि गठन गरेको हो । कैलालीका पत्रकार विवेक नागरीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कमिटि गठन भएको हो ।

महासंघको उपाध्यक्षमा डोटीका चक्र मल्ल, सचिवमा कैलालीका शंकर बोहरा र डडेल्धुराका हरिश चन्द, सह सचिवमा बैतडीका आशिष माल, कोषाध्यक्षमा निर्मला खडायत, सह सचिवमा कञ्चनपुरका मदन गिरी चयन भएका छन् ।

त्यस्तै प्रदेश कमिटि सदस्यमा कञ्चनपुरबाट दिनेश सिह महरा, दाुर्चुलाबाट रमेश खत्री, अछामबाट कल्पना बोहरा, सुदीप थापा, निराजन परियार, डोटीका तेजू ओली चयन भएका छन् ।

महासंघका केन्द्रीय महासचिव हरि प्रशाद रेग्मीको प्रमुख अतिथ्यतामा भएको भेलामा फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सचिव करन ताम्राकार, नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष भरत शाह लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...

‘शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्न सकिन्छ’: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । संविधान बचाउने, प्रणाली...

दक्षिण कोरियाका नेपालीलाई कोरोना खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा...

ह्वाइट हाउसबाट जादा जादै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । आफ्नो कार्यकालको अन्तिम दिन...

राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया