महेन्द्रनगर २५ माघ ।
कञ्चनपुरको महेन्द्रनगरमा १० करोड लगानिमा होटल खुलेको छ । स्वदेशबाट फर्कीका स्थानीय कोमल बहादुर सिंहले ९/११ होटल एण्ड बार सञ्चालनमा ल्याएका हुन् ।
२५ वर्षपछि कतारको वैदशिक रोजगारीबाट फर्केका सिंहले स्वदेशमै उद्यम थालेको बताए । उनले विदेशी अवधारणा अनुसार अन्र्तराष्ट्रिय स्तरको सेवा सुविधासहितको होटल खोलेको बताए । उनका अनुसार होटलमा सम्पुर्ण किसिमका ईण्डीयन, चाईनीज खानाका परिकारसहित खानेकुरासहित आवासको समेत व्यवस्था गरिएको छ ।
होटलमा वर्थ डे पाटी, सेमिनार, बिवाह पाटी तथा सुविधा सम्पन्न लजिङको व्यवस्था रहेको सञ्चालक सिंहले बताए ।
साथै होटलले नेपाल भारतका विभिन्न स्थानको भ्रमणका लागि टुर एण्ड ट्राभलको सुविधा समेत रहेको जनाएको छ ।
महेन्द्रनगरको गल्ली नम्बर–४ स्थीर रहेको उक्त होटलको शनिबार औपचारिक उद्धघाटन गरिएको छ । होटलको भीमदत्त नगरपालिका१ का वडाध्यक्ष आसेफ कुवरले उद्धघाटन गरे ।
व्यवसायिकतासँग नेपाल भम्रण वर्षलाइै लक्षीत गरि होटल सञ्चालनमा ल्याईएको सञ्चालक सिंहले बताए । ‘नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाई रहेको अवस्थामा यस क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरका होटलले फष्टाउन सकेका छैनन्’ उनले भने ‘यस क्षेत्रमा आउने पर्यटकलाई अन्तराष्ट्रिय स्तरको सेवा सुविधा दिन होटल सञ्चालनमा ल्याएका छौँ ।’
होटलमा वर्थ डे पाटी, सेमिनार, बिवाह पाटी तथा सुविधा सम्पन्न लजिङको व्यवस्था रहेको सञ्चालक सिंहले बताए ।
साथै होटलले नेपाल भारतका विभिन्न स्थानको भ्रमणका लागि टुर एण्ड ट्राभलको सुविधा समेत रहेको जनाएको छ ।
सन् १९९५ मा वैदेशिक रोजगारीका लागि कतार पुगेका सिंह सन् २०१९ मा नेपाल फर्किए । कतारमा निर्माण क्षेत्रमा काम गरेका उनले करिब २५ वर्ष लामो बसाईमा होटल क्षेत्रको समेत अनुभव बटुलेको सुनाए ।
विदेशबाट फर्कीए लगत्तै घर निर्माण गरि व्यवसाय सञ्चालन गर्दा लगानी बढेको उनको भनाई छ । उनले हाल २५ जनालाई रोजगारी दिईरहेका छन् ।