Friday, January 22, 2021

बालुवाटारमा विष्णु पौडेलको ८ आना जग्गा : आनाको ५० हजारका दरले किनेको छोरा नवीनको बयान

- Advertisement -

अहिले बालुवाटारमा जग्गाको मूल्य प्रतिआना करिब एक करोड छ । ०६१ सालमा आनाको कम्तीमा १० लाख मान्दा पनि आठ आना जग्गाको ८० लाख रुपैयाँ हुनुपर्छ । तर, नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जम्मा चार लाखमा आठ आना जग्गा किनेको बयान दिएका छन् ।

अख्तियारलाई बयान दिँदै उनले भनेका छन्, ‘हाल म अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु । मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा छ । सो जग्गा मैले २९ पुस ०६१ मा तत्कालीन उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ ।
प्रचलित कानुनबमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिका नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता स्रेस्ता कायम रहेको, कहीँकतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद/बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो किनेको हुँ ।

प्रचलित कानुनबमोजिम रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजस्व बुझाई चार लाख रुपैयाँमा खरिद गरेको हुँ । उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिको हो भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी सार्वजनिक जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारका नाममा कायम गर्नुपर्छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

माधव-प्रचण्ड–समूहले आज शक्ति प्रदर्शन गर्दै, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी...

काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले...

महेन्द्रनगरमा संसद विघटन बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल द्वारा प्रदर्शन...

महेन्द्रनगर । संसद विघटन बिरुद्ध महेन्द्रनगरमा राष्ट्रिय युवा संघ नेपाल द्वारा महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । बिहिवार महेन्द्रनगर बजारमा युवाहरुले असंबैधानिक कदम मुर्दावाद,...

प्रधानमन्त्री ओलीले आफुलाई “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको हो: नेता...

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अंकित गर्दै “केटो” भन्नु नै समग्र सुदुरपश्चिमलाई हेपेको नेकपाका नेता डा. भीम रावलले बताए । ने क...

कञ्चनपुर: विप्लव समुहका विद्यार्थी नेता चन्द प्रचण्ड नेपाल समुहमा प्रवेस !

कञ्चनपुर -नेकपा विप्लव कञ्चनपुरका विद्यार्थी नेता मनोज चन्द प्रचण्ड नेपाल समुहको नेकपामा प्रवेस गरेका छन । बिहीबार महेन्द्रनगरमा प्रचण्ड नेपाल नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता...

माधव र प्रचण्ड काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्री ओली भन्छन् :...

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव समूहले आन्दोलन चर्काउँदै...

बैतडीमा नेपाली काँग्रेसद्वारा संसद विघटन विरुद्ध जिल्लाका ८४ ओटै वडामा प्रदर्शन...

बैतडी –संसद विघटन विरुद्धमा नेपाली काँग्रेस बैतडीले जिल्लाको ८४ ओटै वडाहरुमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस बैतडीले केन्द्रले तोकेकै कार्यक्रम अनुसार १० ओटा...

 अर्थमन्त्री पौडेलले भने, संसद पुनस्थापना गरे स्वीकार्न तयार छौं!

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन्। सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवमा अर्थमन्त्री...

पुर्चौडीमा नेकपा केपी वली समूहको अगुवा कार्यकर्ता भेला : सुरक्षा व्यवस्था...

बैतडी: नेकपाको ओली समूहले बैतडीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । पाटन नगरपालिकाबाट शुरु गरेको कार्याकर्ता भेला कार्यक्रम बुधबार पुर्चौडी नगरपालिकामा भइहरेको हो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया