महेन्द्रनगर-सुदूरपश्चिम विश्वविद्यालय स्तरिय प्राध्यापक संघले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ ।
बिहिबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच संघले पहिलो स्थापना दिवस मनाएको हो ।
संघले स्थापना दिवसको अवसरमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको समस्या र समाधानका उपायबारे गरिएको विचार गोष्ठीका सहभागीले आत्म समिक्षासहित प्राज्ञिक उन्वयनमा जोड दिएका छन् ।
केन्द्रीय क्याम्पससहित विश्वविद्यालय आवद्ध १४ वटै क्याम्पसका प्राध्यापक एंव पुर्व पदाधिकारी समेत रहेको भेलाका अधिकांश वक्ताले प्राध्यापकलाई आत्म मुल्याकङ्क सहित प्राज्ञीक उन्वयनमा लाग्न जोड दिएका हुन् ।
विचार गोष्ठीमा पाँच पृष्ठ लामो कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । विश्वविद्यालयका सह–प्राध्यापक डा. हरिशचन्द भट्ट र उप प्राध्यापकले दीपकचन्द्र भट्टले प्रस्तुत गरेको कार्यपत्रमा पुर्व डीन डा. टेकराज पन्तले टिप्पोणी गरेका थिए ।
कार्यपत्रमा टिप्पोणी गदैँ पन्तले पृष्ठभुमीमा विश्वविद्यालयको इतिहासलाई विशेष जोड दिन सुझाव दिए । उनले विश्वविद्यालयको हकहितका लागि प्राध्यापकहरुले आत्म मुल्याङ्कन तथा आत्म समिक्षा गर्नु पर्ने बेला आएको बताए ।
उनले अरुलाई मात्रै दोस दिएर विश्वविद्यालय सुधार नहुने भन्दैँ प्राध्यापकहरुले जिम्मेवारीकासाथ कर्तव्य बहन गर्नु पर्नेमा जोड दिए ।
वैचारीक आस्थाका आधारमा प्राध्यापकहरु राजनितिक गतिविधिमा संलग्न हुने पवृत्ति बढेको भन्दैँ ‘हामी अरुलाई राजनीति नगरौँ भनेर सिकाउँछौ तर आफै राजनीति गदैँ हिडेका छौँ’ उनले भने ‘प्राज्ञीक क्षेत्र समाजको ऐना हो, समाज निर्माणमा यसको अहम भुमीका रहन्छ । हिजोको दिनमा के भयो, त्यसका आत्म समिक्षा गदैँ सबै प्राज्ञीक उन्वयनमा लागौँ ।’
त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार गोविन्द सिंह विष्टले पनि प्राध्यापकलाई आत्म मुल्याङ्कन गर्नु सुझाए । उनले विश्वविद्यालयलाई अगाडी बढाउनमा प्राध्यापकको महत्पुर्ण भुमीका रहेको बताउँदै रजिष्ट्रार विष्टले ‘हामी भित्रैबाट केही विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई राख्न चाहाने पनि छन्, यसले विश्वविद्यालयलाई फाईदा गर्दैन् ।’ उनले भने ‘आफुले गरिरहेको कामको सबैले आत्म मुल्याङ्कन गरौँ, विश्वविद्यालयको विकासँगै प्राज्ञीक उन्वयनमा लागौँ ।’
साथै उनले प्राध्यापकलाई अनुसन्धानमुलक कार्यमा लाग्न समेत सुझाए ।
त्यस्तै विश्वविद्यालयको समायोजन पक्रियामा आङ्गीक क्याम्पसका प्राध्यापकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । उनिहरुले वैज्ञानीक तवरले क्याम्पस समायोजन नभएकाले कतिपय सेवारत प्राध्यापक, कर्मचारी खाईपाई आएको सुविधाबाट समेत वञ्तिच भएको भन्दैँ असन्तुटी जनाएका हुन् ।
दार्चुला बहुमुखी क्याम्पस प्रमुख कृष्ण सिंह साउँदले दरबन्दी समायोजन नमिल्दा समस्या परेको बताए । उनले क्याम्पस समायोजनका लागि स्पष्ट नीतिका साथ नहुदाँ स्रोत साधन व्यवस्थापनमा समस्या परेको छ ।
साथै उनले पछिल्लो समयमा आएको उच्च शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै सुदूरपश्चिम विश्वविद्यालयलाई संघमै राख्न आग्रह गरे ।
सुुुप विश्वविद्यालय प्राध्यापक संघ ईकाई कमिटी बाजुरा क्याम्पसका सभापति काशीप्रशाद जोशीले भने विश्वविद्यालय आवद्ध सबै व्यत्तिहरु आत्म केन्द्रीत भएको गुनासो गरे । उनले विभिन्न रुपमा कर्मचारी, प्राध्यापक र विद्यार्थी संगठन आत्म केन्द्रीत हुदाँ साझा समस्या समाधान हुन नसकेको बताए । साथै विश्वविद्यालय सुधारका लागि सबैलै आत्म आलोचना गदैँ प्राज्ञीक तथा शैक्षीक उन्वयन लाग्नु पर्ने उनको भनाई छ ।
सुदूरपश्चिम विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष विनोद जोशीले कर्मचारी र प्राध्यापक विश्वविद्यालयको मेरुदण्ड भएको उल्लेख गदैँ कर्मचारीको कार्य क्षमता वृद्धी विकासका लागि विश्वविद्यालयको ध्यानार्कषण हुनुपर्ने बताए ।
नेपाल प्राध्यापक संघका अध्यक्ष प्राडा बुद्ध बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभापति सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापती उत्तम बहादुर थापा रहेका थिए ।
कार्यक्रममा बोल्दैँ प्रमुख अतिथी थापाले शैक्षीक र प्राज्ञीक उन्वयनका लागि प्राध्यापकलाई आग्रह गरेका छन् । उनले पेसागत हकहित संरक्षणका लागि आफु संधै तयार रहेको प्रतिवद्धता जनाए । सुदुरपश्चिम विश्वविद्यालयलाई संघमै राख्नका लागि सरकारलाई ध्यानार्कषण गरिने बताए ।
संघका सभापती थापाले विश्वविद्यालयको विकाससँगै प्राज्ञीक उन्वयनका लागि पर्ने बताए ।
कार्यक्रमका सहभागीले विचार गाेष्ठि विश्वविद्यालयलाई निकास दिन सहयोगी हुने विश्वास व्यत्त गरे ।
पन्त र बस्नेत सम्मानीत
सुदूरपश्चिम विश्विद्यालयको प्राध्याक संघले विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. हेमराज पन्त र समाजसेवी लिलाध्वोज बस्नेतलाई सम्मान गरेको छ ।
संघले आफ्नो पहिलो वार्षीकोत्सवका अवसरमा विश्वविद्यालयका लागि महत्वपुर्ण योगदान दिएको भन्दैँ सम्मान गरेको हो ।