सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

’सरकार र मन्त्री नै भ्र’ष्टाचारमा लिप्त ’

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिसभा सदस्य सांसद बद्री पाण्डेले सरकार र सरकारका मन्त्री नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा सांसद पाण्डेले यस्तो आरोप लगाएका हुन्।

बैठकमा आफ्नो भनाइ राख्दै पाण्डेले सरकारको कथनी र करणीमा समेत तालमेल नदेखिएको जिकिर गरे।

’सरकारका प्रधानमन्त्री र मन्त्री वडा दम्भका साथ शान्ति सुरक्षाको प्रत्याभूति गरेको, सुशासनको प्रत्यभूति गरेको, देशलाई स्थिरताको बाटोमा लिएर जान सकेको र स्थिर सरकारले गरेको दाबाका साथ भनिरहनु भएको छ,’ उनले भने,’ तर भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ। हत्या हिंसा बलात्कारले निरन्तर पाइरहेको छ। सरकार र सरकारमा रहेका नै भ्रष्टाचारमा लिप्त हुँदा समृद्धिको यात्रा अवरोध भएको छ।’

World Link Ads
Mahakali Polytechnic

सांसद बद्री पाण्डेले अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी र बाजुराका हेमबहादुर रावत हत्याको छानविनको माग गरेका छन्। बैठकमा सांसद पाण्डेले मृतक दुवैजनाको हत्या घटनाको छानबिनका साथै दोषीमाथि कारवाहीको माग गरेका हुन्।

अछाम जिल्लाका पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको मंगलबार बिहान शव फेला परेको थियो भने रावल प्रहरी हिरासतको शौचालयमा मृत अवस्थामा भेटिएका हुन्।

’कार्यालयबाट काम गरेर साँझ घर फर्केका धामीको रहस्यम हत्या भएको छ। नगरपालिका, स्थानीय जनसमुदायले घटनाको छानविन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्,’ उनले भने,’ सिंगै नगरपालिका शोकाकुल र त्रसित अवस्थामा छ।घटनाको सत्य तथ्य बाहिर आओस्।’

Sana Kishan

उनले जनप्रतिनिधि स्वयं आफ्नै कार्यक्षेत्रभित्र असुरक्षित हुने कुराले सुरक्षाको वर्तमान अवस्थामाथि अविश्वासको अवस्था सृजना भएको बताए। उनले भने, ’ यस घटनाको भत्सर्ना गर्न चाहन्छु।हत्या गर्नेहरुमाथि छानविन र दोषीमाथि कडा कारवाही होस् ।विश्वसनीय सुरक्षाको माग गर्न चाहन्छु।’

गत माघ ८ गते बाजुराका हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय हेमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइ तीनकुने प्रहरी वृत्तमा राखेको थियो। माघ १२ गते बिहान साढे ५ हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेर मरेको भन्दै प्रहरीले परिवारमा जानकारी गराएको थियो।

’झुन्डिएर आत्महत्या नगरेको पोष्टमार्टम रिपोर्टले देखाएको छ। यसरी आफैले नियन्त्रणमा लिएको व्यक्ति हत्या हुने कुराले वास्तविक शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीमाथि गम्भीर आशंका उब्जिएको छ,’ उनले भने,’ यसले मानवअधिकारको सुरक्षा अवस्थाको भयाभय अवस्था देखाएको छ।’

उनले यी दुवै घटना छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको माग गरे।स्थीर सरकार गठन भएपछि शान्ति सुरक्षा प्राप्त गर्छौं र सुशासन प्राप्त गर्छौं भन्ने अपेक्षा गरेका थियौं तर त्यसो हुन नसकेको उनले दाबी गरे।

शान्ति सुरक्षाको सट्टा व्यक्ति हत्याका श्रृंखलाले निरन्तरता पाएको, बलात्कार, हिंसाका घटनाले दिनप्रतिदिन बढ्ने क्रममा रहेको भन्दै उनले आक्रोश पोखे।उनले अपराधीहरु घटनामा संलग्न भएपनि उन्मुक्ति पाउँछौं भन्ने विश्वासले यस्ता घटना मौलाउँदै गएको दावी गरे।

उनले कंचनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाको निष्पक्षरुपमा छानविन गर्न पटकपटक सदन र सदन बाहिर कुरा उठाउँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाए।

’हामीले सुरुदेखि निर्मला पन्त हत्याको घटनाबारे सरकारले छानविन गरोस् भनेर पटकपटक सदनमा कुरा उठायौं। तर सरकारले यो घटनाप्रति गम्भीर भएन। गम्भीर नभएकै कारणले दिनप्रतिदिन यस्ता घटना मौलाउने मौका पाए।’ अन्नपुर्ण पोष्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.