Tuesday, September 29, 2020

२७ घण्टापछि सशस्त्र प्रहरीको टोलीद्वारा सुरुङ्गभित्र फसेका मजदुरको शव निकालियो

- Advertisement -


कञ्चनपुर, कार्तिक १९

सुदूरपश्चिम प्रदेशको बझाङ्गमा निर्माणाधिन कालांगा हाईड्रोपावरको इनलेट सुरुङ्ग भित्र फसेका मजदुरको सशस्त्र प्रहरी बलको टोलीले शव निकालेको छ ।

बझाङ्गको बुङ्गल नगरपालिका–२ दाडिमगाडामा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र फसेका तीन जना मजदुरको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले शव निकालेको हो ।

आईतबार दिउँसो काम गर्न सुरुङ्गभित्र गएका चार जना मजदुर वेपत्ता भएपनि विभिन्न टोलीले उनीहरुको उद्दार गर्न नसकेपछि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन उद्दार टोली सोमबार बझाङ्ग पुगेको थियो ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन उद्दार टोलीको सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालले गरेका छन् । कटुवालको नेतृत्वमा गएको सशस्त्र प्रहरीको उद्दार टोलीले सोमबार साँझसम्ममा तीन जनाको शव निकालिएको छ, भने एक जनाको खोजिकार्य जारी राखेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर शाहुले कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थान टोलीले सुरुङ्गभित्र मृत अवस्थामा भेटिएका तीन जना मजदुर निकालेको र दुई सवारी साधन समेत निकालेको बताए ।

सशस्त्र प्रहरीको उद्दार टोलीले तीन जनाको २७ घण्टा २० मिनेटमा उद्दार गरेको थियो । आईतबार दिउँसो ३ः३० बजेदेखि सुरुङ्गभित्र सम्पर्क बिहिन भएका चार जना मजदुर मध्ये तीज जनाको सोमबार साँझ ६ बजेर १० मिनेटमा मृत अवस्थामा सुरुङ्गबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । सुरुङ्गभित्र फसेका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँदको सोमबारै शव निकालिएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए ।

उनका अनुसार करिब सात सय मिटर सुरुङ्ग भित्रमा तीन जनाको शव निकालिएको थियो । अर्का मृतक शेर सिह धामीको शवको सशस्त्र प्रहरीको टोलीले खोजिकार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ । अक्सिजनको अभावमा उनीहरु निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सुरुङ्गको लम्बाइ झण्डै डेढ किलोमिटर छ । समाचार तयार पारुन्जेल मृतकको सनातख भएको थिएन् । उक्त जलविद्युत आयोजनाको काम करिब ७०प्रतिशत सकिएको छ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया