Sunday, September 27, 2020

धान खरीदमा खाद्य संस्थानको ढिलाइ : किसान सस्तोमा धान बेच्न बाध्य

- Advertisement -

महेन्द्रनगर १९ कार्तिक ।

सरकारले धानको समर्थन मुल्य तोकेपनि साविकको खाद्य संस्थान कार्यालयले भने हालसम्म धान खरिद सुरु गरेको छैन् ।

सरकारले चालु आर्थिक वर्षमा देशभरीका लागि धानको समर्थन मुल्य निर्धारण गरिसक्दा समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड(खाद्य संस्थान)ले धान खरिद नगर्दा किसान मर्कामा परेका छन् ।
कृर्षी ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले संस्थानले धान खरिद नगर्दा कैलाली र कञ्चनपुरका किसान मर्कामा परेका बताए । उनले सरकारले समर्थन मुल्य तोकेको भएपनि संस्थाले धान खरिद नगर्दा किसान सस्तोमा बिक्री बाध्य भएका बताए ।

अधिकांश किसानले धान काटी सकेको बताउदैँ निमित्त प्रमुख भट्टले भने ‘सबैजसो किसानले लामो समय धान भण्डार गरेर राख्न सक्दैन्, गल्लावालले एकमुष्ट धान खरिद गर्दा किसानसँग बार्गेनिङ् गरि सस्तैमा धान खरिद गरिरहेका छन्’ ।

किसानको सहताका लागि तत्काल संस्थानले धान खरिदका लागि डिपो सञ्चालन गर्नुपर्ने उनको भनाई छ । साहुको क्रण तिर्न, दैनिक खर्च धान्न तथा अन्न भण्डारको अभावका कारण किसान खेतबाटै धान बेच्न बाध्य छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बिचपुरीका राम बहादुर चौधरी सोमबार संस्थानको महेन्द्रनगर शाखामा पुगेर फर्के । धान खरिदबारे बुझ्न आएका उनले सरकारले धान खरिद नगर्दा सस्तो मुल्यमा बाहीर बेच्नु पर्ने अवस्था आएको सुनाए ।

त्यस्तै भीनपामा–२ उल्टाखामका किसान माधव जोशीले पनि संस्थानले धान खरिद नगर्दा किसान समस्यामा परेको बताए । किसानले विभिन्न समस्याका कारण धान भण्डारण गरेर राख्न सक्ने अवस्था नरहेकोले निजि व्यवसायिलाई सस्तोमा धान बेच्नु परेको उनले गुनासो गरे ।

किसानले समयमै डिपो सञ्चालन गरि धान खरिदका लागि संस्थानसँग आग्रह गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख जयराज जोशीले केन्द्रीय कार्यालयबाट धान खरिदका लागि निर्देशन नआएको बताए ।

उनका अनुसार सरकारले समर्थन मुल्य तोकेपनि उक्त मुल्यमा संस्थानले धान खरिद गर्न सक्ने वा नसक्ने यकिन नहुदाँ निर्देशन नआएको बताए ।
शाखा प्रमुख जोशीले सरकारले देशभरीका लागि धानको समर्थन मुल्य निर्धारण गरेको बताउँदै ‘सरकारले तोकेको मुल्यमा संस्थानले किनेर बेच्न सक्नु पर्छ, घाटा नहुने देखिए पनि सरकारले त्यसका लागि अनुदानको व्यवस्था गर्छ’ उनले भने ।

केन्द्रीय कार्यालयलाई धान खरिदका लागि आदेश माग भईसकेको उल्लेख गदैँ आदेश आए लगतै महेन्द्रनगर शाखाले १० हजार कुन्टल धान खरिद गर्ने जनाएको छ ।
कैलालीमा ७१ हजार तथा कञ्चनपुरमा ३८ हजार हेक्टरमा धानबाली लगाईएको छ । यस वर्ष कैलाली र कञ्चनपुरमा प्रति हेक्टर ३ मेट्रीक टन धान उत्पादन हुने आँकलन गरिएको कृर्षी ज्ञानकेन्द्र कञ्चनपुरले जनाएको छ ।

मन्त्रिपरिषद्को ५ कात्तिकमा बसेको बैठकले धानको समर्थन मूल्य तोकेको थियो । जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यस्तै खाद्य अधिकार संञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरञ्जन भाटले पनि तत्काल धान खरिद केन्द्र सञ्चालनमा ल्याउनु पर्ने बताए । उनले धान पाकिसक्दा समेत संस्थानको डिपो सञ्चालनमा नआएकोले किसान समस्यामा परेको बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया