सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमत्तदमा एडिबीको आधुनिक शहरीकरण योजना धरापमा, करिब २ अर्बको ठेक्का बदर हुन सक्ने

महेन्द्रनगर १८ कार्तिक ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित महेन्द्रनगर आधुनिक शहरीकरण योजनाको रकम फिर्ता जाने सम्भावना बढेको छ । नगरले ल्यान्डफिल साइट निर्माणस्थल टुंगो लगाउन नसक्दा सडक लगायत अन्य पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।

एडीबीले सन् २०२२ सम्ममा भीमदत्तमा करीब ३ अर्ब रुपैयाँको पूर्वाधार निर्माण गर्ने योजना छ । एडीबीले व्यवस्थित ढल निकाससँगै कालोपत्रे सडक र फोहोरमैला संकलन तथा प्रशोधन केन्द्र(ल्यान्डफिल साइट) निर्माण गर्ने दुई कार्यक्रम तय गरेको छ, जसमा ल्यान्डफिल साइट निर्माणपछि मात्रै सडक तथा नाली निर्माण कार्य अगाडि बढाउनुपर्ने शर्त छ । भीमदत्तका इन्जिनीयर हिमाल सिंह ऐरले हालसम्म ल्यान्डफिल साइट निक्र्योेल गर्न नसकेको बताए ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार नगरपालिकाले ल्याण्ड फिल्ड साईटका लागि नगरका विभिन्न वडामा सम्भावित क्षेत्र अध्यययन गरिसकेको भएपनि स्थानीयको विरोधका कारण कार्यक्रमले गति लिन सकेको छैन् ।

आर्थिक वर्ष २०७२÷७३ मा घोषित सो कार्यक्रममा भीमदत्त नगरपालिकामा सडक, ढल, फोहर व्यवस्थापनको एकीकृत निर्माण योजनाका लागि सर्भे भईसकेको छ ।
ईन्जिनियर ऐरका अनुसार ल्याण्ड फिल्ड साईटका कारण एडिबी पुरै बजेट फिर्ता जाने अवस्था आएपछि सडक निर्माणको कामलाई अगाडी बढाएको बताए । ल्याण्ड फिल्ड साईट तय नभएको पनि व्यवस्थीत सडक निर्माण कार्यलाई अगाडी बढाएको हो ।

नगरपालिकाले संघिय योजना कार्यान्वयन एकाईसँग पाँच महिना भित्रमा ल्याण्ड फिल्ड साईट तय गरिसक्ने प्रतिवद्धता जनाएको छ ।
नगरपालिकाले आधुनिक सडक निर्माणका लागि एक अर्ब ७६ करोडको टेन्डर आह्वान गरेको छ । ‘हामीले टेन्डर आह्वान गरिसकेका छौँ,‘ इन्जिनियर ऐरले भने, ‘ठेक्का सँम्झौताका लागि हामीलाई करिब पाँच महिना जति लाग्छ, त्यति बेलासम्म ल्याण्ड फिल्ड साईट छनौट गरिसक्नु पर्छ ।’

Sana Kishan

नगरपालिकाले ल्याण्ड फिल्ड साईटका लागि सम्भावित क्षेत्र अध्ययनको काम भईसकेको र सर्वपक्षीय, सर्वदलीय सहमतीका आधारमा सहमती जुटाईने उनका भनाई छ ।
साथै पाँच महिना भित्रमा ल्याण्ड फिल्ड साईट तय भईसक्ने उनले दावि गरे । ‘हामीले एडिबी निति अनुसार काम गर्नु पर्छ, नगरपालिकाको ठेक्का सदर हुदाँसम्म ल्याण्ड फिल्ड साईट छनौट हुन नसके ठेक्का रद्द पनि हुन सक्छ’ ईन्जिनियर ऐरले भने ।

नगरपालिकुल ३५ किलोमिटर सडक सर्भे गरे पनि विभिन्न मापदण्ड पूरा गर्न कठिन भएकाले अहिले मुख्य बजार र आसपासका क्षेत्रका करिब १४ किलोमिटर कालो पत्रे सडक निर्माण गरिने जनाएको छ ।

महेन्द्रनगर बजारका पाँचवटै गल्लीमा नालीसहित उच्चगुणस्तरीय सडक बनाईने छ । साथै बजार क्षेत्रबाट बाहिर निस्कीने बाटो समेत विस्तार गरि कालोपत्रे गर्ने योजना छ ।
त्यसका लागि हालका सडक पूर्ण रूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले बताए । इन्जिनियर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्मका सडक नयाँ निर्माण गरिनेछन् ।

साथै नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ ।
एडीबीले सन् २०२२ मा सबै निर्माण सक्ने लक्ष्य लिएको छ । कैलाली र कञ्चनपुरका ४ नगरपालिकालाई नमूना सहरी क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य अनुरुप सडक निर्माण, फोहर व्यवस्थापन, ढल ब्यवस्थापनका लागि पूर्वाधार बनाउन लागिएको हो ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एडिबीको कार्याक्रम सुरु भईसकेको छ भने डम्पीङ साईट विवादबा कारण धनगढी उप महानगरपालिका र भीमदत्तमा कार्यक्रम लागु हुनसकेको छैन् ।

एडीबीले सन् २०२२ सम्ममा भीमदत्त नगरपालिकामा मात्रै ३ अर्व रुपैयाँको पूर्वाधार निर्माण गर्नेछ । त्यसै गरी शुक्लाफाँटा नगरपालिकामा २ अर्व, गोदावरी नगरपालिकामा २ अर्व र धनगढी उपमहानगरपालिकामा ३ अर्व खर्च गरिने बताइएको छ ।

एडीबीको यो योजना दीर्घकालिन सहरीकरणको अवधारणामा आधारित छन् । आगामी २० वर्षमा ४ वटै नगरपालिकालाई मिलाएर महानगर बनाउने अवधारणामा योजना आधारित छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.