सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ प्रदेश प्रमुख आज टुङ्गो लागेन, सुदूरपश्चिममा कस्को सम्भावना कती ?

महेन्द्रनगर । आज सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी पुरा हुन सकेन ।
नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आजै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी पुरा हुन नसकेको हो ।
नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।सुदूर पश्चिमको नयाँ प्रदेश प्रमुखका लागि ६ जनाको नाम अगाडि बढेको स्रोतले बताएको छ ।
पुर्व माओवादीबाट २ जना र पुर्व एमालेबाट ४ जनाको नाम अगाडी बढेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कञ्चनपुरबाट प्रदेश प्रमुखको सम्भावना अधिक रहेको छ !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.