Monday, September 21, 2020

पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पनि बयान लिईने

- Advertisement -


सुदूरपश्चिम खबर कार्तिक १७ ।

पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा थुनछेक बहस आइतबार सुरु भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलासमा महराको बयान सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु भएको हो ।

आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। बहस सोमबार पनि जारी रहनेछ ।

महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि परेको मुद्दाको सुनुवाइ भइरहेको छ।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाई लगायतले बहस गर्ने छन्।

सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएपछि महराको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका छन्। अन्य अधिवक्ताको बहस सोमबार हुने छ ।

सोमबार थुनछेक बहस सकिएमा थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले गर्ने छ ।

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो ।

यसअघि, कात्तिक ७ गते काठमाडौं जिल्ला अदालतले महरालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको थियो। २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार महराविरुद्ध मुद्दा दायर गरिएको थियो ।

गत असोज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो।

हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। असोज ३ गते उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो। त्यसपछि उनलाई ५ दिन म्याद थप गरिएको थियो।

महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन् ।

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।

महराले असोज १३ गते सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

यसैबीच, कात्तिक ३ गते आइतबार जिल्ला अदालतमै उपस्थित भएर रोशनी शाहीले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छिन्।

उनले प्रहरीले पूर्व सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई...

यस्ता हुन्छन् भाग्यमानी युवतीका १२ लक्षण, तपाईमा कति वटा ?

शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव...

अरेबियन महिलाहरु किन यती सुन्दर र का’मुक हुन्छन् ? यस्तो छ...

बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छअरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

पानी भरिएको रानीपोखरी भाइटीकाबाट संचालनमा आउने

काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी...

भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो...

काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा...

सेनाले जिम्मा लिएको काठमाडौ(तराई(मधेश द्रूतमार्गको काम द्रुत : यस्तो देखिन थाल्यो

काठमाडौ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई – मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया