Monday, September 21, 2020

वर्षौँदेखि अन्धकारमा पिल्लरीफाँटा, टर्च बालेर दैनिकी चलाउँछन् स्थानीय

- Advertisement -

महेन्द्रनगर १७ कार्तिक ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र पिल्लरीफाँटाका स्थानीय लामो समयदेखि विद्युत अभाव झेलिरहेका छन् । वडा नम्बर ८ मा पर्ने नगरपालिकाबाट टाढा रहेको उक्त वस्तीमा २५ वर्षदेखि विद्युत सेवा पुग्न सकेको छैन् ।

स्थानीयका अनुसार पिल्लरफाँटामा २०५१ सालदेखि बस्ती बस्न थालेको भएपनि हालसम्म विद्युत सेवा पुग्न सकेको छैन् ।

करिब सात सय परिवार रहेको उक्त बस्तीमा विद्युत लगायत अन्य विकासका पुर्वाधारको समेत अभाव रहेको छ ।

पिल्लरीफाँटाका स्थानीय दुबरदास चौधरीले टोलभरीमा विद्युत सेवा नहुदाँ स्थानीय अन्धकारमा बस्न बाध्य भएको बताए । उनका अनुसार विद्युत सेवा नहुदाँ अधिकांशका कामकाजमा समस्या हुने गरेको छ । ‘बिजुली बत्ति भएपछि सबैजसो कामकाज गर्न सजिलो हुन्थ्यो, ईलोक्ट्रोनिक सामानको जमना छ स्थानीय चौधरीले भने वर्षौदेखिको विद्युतको समस्या जीवननै अन्धकारमय बनेको छ ।’

करिब सात सय परिवार रहेको उक्त बस्तीमा विद्युत लगायत अन्य विकासका पुर्वाधारको समेत अभाव रहेको छ । स्थानीय कल्पना ठगुन्नाले पनि विद्युत सेवा नहुदाँ सास्ती खेप्नु परेको बताईन् । उनका अनुसार विद्युत सेवा नहुदाँ टोलवासी सोलार र टर्चको भरमा दैनिकी चलाउन बाध्य छन् ।

‘ हामी सबैजसो विकासका पुर्वाधारमा पछाडी परेका छौँ’ स्थानीय कमान सिंह धामीले भने । ‘बेला–बेलामा टोलवासि विद्युत सेवा आपुर्तीका लागि विद्युत कार्यालयमा डेलिगेसन पनि दियौँ तर सुनावाई भएन्, स्थानीय सरकार आएपछि काम गर्ने आश्वासन पाएका छौँ’ ।

नगरकै विकट वस्तीका रुपमा रहेको पिल्लरीफाँँटामा विद्यालय, खानेपानि तथा सडक पुर्वाधारको समेत अभाव रहेको स्थानीयको गुनासो छ ।

विद्युत सञ्चालनका लागि गत आर्थिक वर्षमा ४० वटा पोल उक्त वस्तीमा पु¥याई सकिएको छ । ११ हजार किलोवाटको लाईन विस्तार गरिन लागिएको हो ।

उक्त टोलमा पाँचसम्म विद्यालय भएपछि माथिल्लो कक्षा अध्ययकाका लागि बेलडाँडी धाउनु पर्ने बाध्यता रहेको छ । साथै चारै तिर वन जङगल रहेको उक्त बस्तीमा जङ्गली जनावरका कारण स्थानीय त्रसित बनेका छन् ।

चार महिनाभित्रमा विद्युत अपुर्ती गरिने

शुक्लाफाँटा नगरपालिकाकै दुर्गम वस्ती पिल्लरीफाँटामा चार महिनाभित्रमा विद्युत सेवा अपुर्ती गरिने भएकोछ ।
नगर प्रमुख दिल बहादुर ऐरले लामो समयदेखि विद्युत अभाव रहेको उक्त वस्तीमा चार महिना भित्रमा सेवा पु¥याईने बताए । शनिबार बस्तीमै पुगेर नगर प्रमुख ऐरले चाँडै विद्युत आपुर्ती गर्ने प्रतिवद्धता जनाए ।

उनले विद्युत आपुर्तीका लागि पक्रिया अगाडी बढीसकेकाले चाँडै सेवा सुचारु गरिने आश्वासन दिए । ‘लामो समयदेखि नै पिल्लरीफाँटामा विद्युत सेवाको पहुँच पु¥याउनका लागि प्रयासरत थियौँ, तर विविध प्राविधिक कारणले हाम्रो प्रयास सफल हुन सकेन्, अब स्थानीय सरकारको जिम्मेवारी पनि हो, यो समस्यालाई चाँडै समाधान गर्छौँ’ नगर प्रमुख ऐर भने ।

उनका अनुसार पिल्लरीफाँटाको पुरै वस्तीमा विद्युत सेवाका सञ्चालनका लागि लाईन सर्वे भईरहको छ । विद्युत सञ्चालनका लागि गत आर्थिक वर्षमा ४० वटा पोल उक्त वस्तीमा पु¥याई सकिएको छ । ११ हजार किलोवाटको लाईन विस्तार गरिन लागिएको हो ।

त्यस्तै जिल्लाभरिमा विद्युत प्रसारण लाईन विस्तारको जिम्मा पाएको जगन्नाथ वेताल निर्माण सेवाका सुरेन्द्र भट्टले लाईन विस्तारका लागि सर्वे सुरु भईसकेको बताए । पिल्लरीफाँटामा विद्युत लाईन विस्तारका लागि दुई सय पोल र दुई ट्रान्समिटर आवश्यक पर्ने उनको भनाई छ ।

साथै विद्युत प्राधिकरण र नगरपालिकाले आवश्यक बजेट उपलब्ध गराएमा चाँडै नै विद्युत आपुर्ती हुने उनको दावि छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पानी भरिएको रानीपोखरी भाइटीकाबाट संचालनमा आउने

काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी...

सेनाले जिम्मा लिएको काठमाडौ(तराई(मधेश द्रूतमार्गको काम द्रुत : यस्तो देखिन थाल्यो

काठमाडौ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई – मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको...

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया