सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वायुप्रदूषणले दिल्लीमा ’संकटकाल’, नेपालमा पनि असर


१७ कार्तिक ।

वायुप्रदूषणले भारतको राजधानी दिल्लीलाई संकटमा र्पुयाएको छ । वातावरणमा विषालु हावा फैलिएपछि यहाँ ’स्वास्थ्य सङ्कटकाल’समेत घोषणा गरियो ।

दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा अन्नबाली भित्र्याएका किसानले खेतमा आगो लगाएपछि यहाँको वायुप्रदूषणले सीमा नाघेको बीबीसीले जनाएको छ। प्रदूषण बढ्नुको कारण यो मात्र होइन, भर्खरै सकिएको दीपावलीमा अधिक पटाका पड्काइएकै कारण पनि यहाँको वायु प्रदूषण बढेको वातावरणविद्हरुले बताएका छन् ।

दिल्लीमा बढेको वायुप्रदूषणले नेपालसम्म असर पार्ने बताइएको छ। पश्चिमी वायुको प्रभावले दिल्लीको प्रदूषण नेपालसम्म आइपुग्ने विज्ञहरू बताएका छन्। बीबीसीका अनुसार दिल्लीमा बढेको प्रदूषणका कारण लुम्बिनी, सौराहा लगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्ने देखिएको छ। यही कारण हिउँद र सुक्खा याममा यो क्षेत्रको वायु अत्याधिक प्रदूषित भएको देखिन्छ।

World Link Ads
Mahakali Polytechnic


आयु घटाउने हावा

Sana Kishan

दिल्लीमा प्रदूषणमाथि विभिन्न अध्ययन भएका छन्। ती मध्येको एक हो( यूनिभर्सिटी अफ शिकागोको अध्ययन। जसको निष्कर्षले खतरनाक खुलासा गरेको छ।

अर्थशास्त्रका मिल्टन फ्राइडम्यानका प्रोफेसर मिशेल ग्रिनस्टोनले आफ्ना सहयोगीसँग मिलेर गरेको यो अध्ययनको रिपोर्ट गतवर्ष मंसिरमा सार्वजनिक गरेका थिए। उक्त अध्ययन प्रतिवेदनमा दिल्लीको प्रदूषित वायुले मानिसको आयु १० वर्ष घटाइरहेको कुरा उल्लेख छ।

अध्ययनमा प्रदूषित हावामा श्वास लिँदा हुने खतराको पनि जाँच गरिएको थियो। जसबाट प्रदूषणका कारण मानिसको आयु १० वर्ष कम भइरहेको तथ्य पत्ता लागेको थियो। विश्वा स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायुको सुरक्षित सीमा पीएम २.५ माइक्रोग्राम प्रति क्यूबिक मिटर वार्षिक हुनु जरुरी छ। अर्का्तिर इन्डियन स्टान्डर्डले वायुको सुरक्षित सीमालाई ४० माइक्रोग्राम प्रति क्यूबिक मिटरसम्म बढाएको छ।

रिपोर्ट अनुसार सन् १९९८ मा दिल्लीका साथै उत्तर प्रदेश, हरियाणा र बिहार पहिलेबाटै प्रदूषणको कहरमा परिसकेका थिए। विश्व स्वास्थ्य संगठनका अनुसार यी स्थानमा रहने मानिसको आयु २ देखि ५ वर्षसम्म कम भएको छ। अर्का्तिर पछिल्ला दुई दशकमा उत्तर प्रदेशका विभिन्न क्षेत्रमा प्रदूषणको स्तर १० गुणा धेरै भएको छ। जसका कारण मानचिको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ। अन्नपुर्ण पोष्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.