Monday, September 28, 2020

नेपाली सेनाको सीएन २३५–२२० कार्गो विमान काठमाडौं आईपुग्यो

- Advertisement -

काठमाडौं। नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान आज काठमाडौं पुगेको छ ।

विमान आज बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । “आज विमान नेपाल आइपुगेको छ, अब हामीले परीक्षण उडान लगायतका काम गर्छौं”, प्रवक्ता पाण्डेले भने,“औपचारिक हस्तान्तरण हुन भने १÷२ दिन लाग्ला।”


यो विमान १३ कात्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो ।

प्रवक्ता पाण्डेका अनुसार नेपाली सेनाका प्राविधिकको टोलीले आवश्यक चेकजाँच लगायत सम्झौतामा उल्लेख भए अनुसार विवरण हेरेपछि औपचारिक रुपमा इन्डोनेसियाको कम्पनीले जिम्मा लगाउने छ । यो विमान १३ कात्तिकमा इन्डोनेसियाको सास्त्रानेगारा एअरबेसबाट काठमाडौंका लागि उडेको थियो ।

नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो ।

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको यो विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याएका हुन् । नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा विमान खरीद सम्झौता गरेको थियो ।

“यो विमान आएपछि विपद् व्यवस्थापनमा निकै सहज हुनेछ,” प्रवक्ता पाण्डेले भने,“आवश्यकता अनुसार अन्य काममा पनि उपयोग गर्न सकिने छ ।” कार्गो, प्याराट्रूप, भीभीआईपी र भीआइपी उडानका लागिसमेत विमान प्रयोगमा ल्याउन सकिने उनले बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया