Saturday, September 26, 2020

युवतीमाथि एसिड प्रहार गर्ने सात वर्षपछि पक्राउ

- Advertisement -

महेन्द्रनगर १५ कार्तिक ।
मकवानपुर —युवतीमाथि एसिड प्रहार गरी फरार भएका एक युवकलाई करिव सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आफूले राखेको प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० साल वैशाख ९ गते तत्कालिन हेटौंडा–३ (हाल हेटौंडा–२) की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेर फरार भएको अभियुक्तलाई प्रहरी प्रधान कार्यालयबाट खटेको टोलीले पक्राउ गरेर शुक्रबार हेटौंडामा सार्वजनिक गरेको हो ।

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए ।

‘प्रहरी प्रधान कार्यालयबाट निरन्तर खोजीपश्चात् उनलाई पक्राउ गर्न प्रहरीको टोली सफल भएको हो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने । उनको अनुसार जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत कार्यरत प्रहरी निरीक्षक सागरशम्शेर जबरासहितको प्रहरी विशेष टोलीको सूचना र सहयोगको आधारमा मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले बारास्थित जितपुर–सिमरा उपमहानगरपालिका–२३, भलोहीस्थित लुकिछिपी रहेको अवस्थामा बिहीबार राति ९ बजे केशरीलाई पक्राउ गरेको हो। युवतीमाथि एसिड प्रहार गरेर फरार रहेका केशरी पक्राउ परेसँगै प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको भट्टराईले जानकारी दिए ।

उनलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा उपस्थित भएका पीडित महिलाका परिवारले पक्राउ कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै हदैसम्मको कारबाही माग गरेका थिए।

उनीहरुले पीडित युवतीको उपचारमा करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको जानकारी समेत दिएका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया