Saturday, September 26, 2020

महेन्द्रनगरबाट फर्कीने टिकट पाउनै सकस

- Advertisement -

महेन्द्रगर १५ कार्तिक ।

कञ्चनपुर — महेन्द्रनगरका महेश जोशी तिहारलगत्तै काठमाडौंमा फर्किनुपर्ने थियो । दसैंअघि घर आएका उनले काठमाडौं फर्किने बसको टिकट नपाउँदा रोकिएका छन ।

‘भाइटीकाकै दिनदेखि टिकट काट्न खोजेको तर २र३ दिनसम्म प्याक रहेछ,’ महेन्द्रनगर बसपार्कमा बिहीबार भेटिएका महेशले भने, ‘पर्सिको टिकट पाइने सम्भावना छ त्यसमै जाने सोच छ ।’ दसैंका लागि घर फर्किने बेला पनि दुईरतीन दिन लगातार बसपार्क धाएपछि मात्रै टिकट पाएको उनले बताए ।

दसैं तिहारपछि रोजगारी, अध्ययन र अन्य काम विशेषले विभिन्न ठाउँमा यात्रा गर्नेले सहज ढंगले टिकट पाउन सकेका छैनन् । तिहारलगत्तै एकैपटक ठूलो संख्यामा फर्किने यात्रु हुँदा टिकट सहजै पाउन नसकिएको हो । कतिपय यात्रु दिनहुँ बसपार्क आउने र टिकट नपाएर फर्किने गरेका छन् ।

‘छोरा छोरीलाई काठमाडौं पठाउनु थियो, पर्सिसम्म टिकट नपाइने भयो,’ टिकट काट्न आएका उल्टाखामका जनकराज पन्तले भने, ‘आजै पठाउने तयारी थियो, अब पर्सि नै पठाउनुपर्ला ।’ उनका छोरा र छोरी दुवै काठमाडौंमै अध्ययन गर्छन् । उनीहरू दसैं अघि नै घर आएका हुन् ।

महेन्द्रनगरबाट विभिन्न प्रालिले काठमाडौं, पोखरा, विराटनगरलगायत विभिन्न सहरसम्म बस सेवा सञ्चालन गरेका छन् । अन्य ठाउँका लागि यात्रुको चाप नभए पनि काठमाडौंका लागि भने केही दिन भीड रहने देखिन्छ । यहाँबाट महाकाली, पवनदूत र नमस्ते शुक्लाफाँटा यातायात प्रालिले बस सेवा सञ्चालन गरेका छन् । तीनै प्रालिले काठमाडौंसम्म पनि बस सञ्चालन गरेका छन् । तर दसैं–तिहारकै बेला यात्रुको चाप बढी हुने भएकाले अतिरिक्त बस सञ्चालन गर्दा पनि यात्रुको चापअनुसार टिकट उपलब्ध गराउन नसकिएको यातायात प्रालिहरूले जनाएका छन् ।

‘काठमाडौंका लागि हामीले नियमितसँगै अतिरिक्त बस पनि चलाएका छौं,’ महाकाली यातायातका प्रमुख मदनसिंह क्षत्रीले भने, ‘यात्रुको चाप बढी भएकाले सबैले भनेकै दिन टिकट पाउन सकेका छैनन् ।’ उनले अधिकांश यात्रुले अगाडीको सिट खोज्ने गरेकाले पनि व्यवस्थापनमा समस्या भएको बताए । महाकाली यातायातले महेन्द्रनगरबाट काठमाडौका लागि दैनिक ८ बस सञ्चालन गर्दै आएको छ । अहिले यात्रुको चाप हेरेर ५र६ अतिरिक्त बस पनि सञ्चालन गरिएको क्षत्रीले जानकारी दिए ।

काठमाडौंसँगै सुदूरपश्चिमका पहाडी जिल्लातर्फ पनि यात्रुको चाप बढी छ । तिहार सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्रा सुरु हुने भएकाले बसाइसराइ गरी तराई झरेकाहरू जात्राका लागि पुर्ख्यौली थलो जाने गर्छन् ।

पवनदूत यातायातले पनि नियमितसँगै अतिरक्त बस पनि सञ्चालन गरेको जनाएको छ । तर यात्रुको चाप बढी भएकाले सबैलाई एकपटक टिकट दिन सकिने अवस्था नरहेको प्रालिले जनाएको छ । ‘तीन दिनसम्मका लागि काठमाडौ रुटका सबै बस प्याक भइसकेका छन्,’ पवनदूतका कर्मचारी मेखराज जोशीले भने, ‘त्यसपछि पनि यात्रुको चाप बढी छ ।’

काठमाडौंसँगै भारतको दिल्ली र देहरादुनतर्फ जाने यात्रुको चाप पनि बढी छ । महेन्द्रनगरदेखि भारतको यि दुवै सहरमा मैत्री बस सेवा सञ्चालनमा छ । महेन्द्रनगरबाट दिल्ली दैनिक ८ र देहरादुन ४ बस सञ्चालन भइरहेका छन् । दसैं तिहारमा घर फर्किएका नेपाली कामदार र विद्यार्थी फर्किने क्रम बढेपछि सहजै टिकट पाउन नसकिएको हो । उनीहरू सीमावर्ती बजार वनबसा र टनकपुरबाट गन्तव्यतर्फ जाने गरेका हुन । कान्तिपुरबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया