सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विर बलभद्र कुवँर, यस्तो जीवनगाथा


गणेश कुमार बस्नेत

विरताका प्रतिक बलभद्र कुवँर बि.स. १८४६ माघ १७ गते काठमाडौंमा जन्मीएका हुन् । बलभद्र कुवरको बाबु चन्द्रविर कुवर र आमा अम्बिकादेबी हुन । अम्बिकादेबी बडाकाजी अमरसिंह थापाकी छोरी थिईन । अर्थात बलभद्र कुवर अमरसिंह थापाका नाति थिए । बाबु चन्द्रविर नेपाली सेनाका कप्तान थिए । बल भद्र कुवर पनि नेपाली सेनाम भर्ति भए । सत्र वर्षै कै उमेरमा सुवेदार बने । उनी आफु सैनिक सेवामा रहदा काठमाडौं बाट डोटि हुदै कुमाउ सम्म पुगेका थिए।

बि.स. १८७१ देखि १८७३ सम्म भएको नेपाल अङ्ग्रेज युद्धमा बडाकाजी अमरसिंह थापाले बलभद्र कुवर लाई पश्चिम नेपालको देरादुनको सुरक्षाको लागि नालापानी किल्लामा पठाएका थिए । बडाकाजी अमरसिंह थापा भने मलाउ किल्लामा नेपाली फौजको नेतृत्व गरेर बसेका थिए। युद्धको समयमा बलभद्रको कुवरको उमेर पच्चिस बर्षको मात्र थियो ।

World Link Ads
Mahakali Polytechnic

अङ्ग्रेज सेनापतिले लडाइँ नगर आम्मसमर्पन गर भनेर चिठ्ठि पठाउदा बलभद्र कुवरले यसको जवाफ लडाइँको मैदानमा दिउला भनेर चिठ्ठि फर्काएका थिए ।

बलभद्र कुवरको नेतृत्वमा आईमाई केटाकेटी सहितको छसय जनाको नेपाली फौज थियो। ती आईमाई केटाकेटीहरु युद्ध लड्नका लागि नभई सेनालाई खाना पकाउन र सरसफाई कामका लागि लगिएको ईतिहासकारहरुले बताएका छन् । उनीहरु नेपाली सेनाकै पत्नी र छोराछोरी भएको र युद्धको समयमा दुईटा बच्चा समेत किल्ला भित्र जन्मिएको पनि ईतिहासकाहरुले बताएका छन् ।

Sana Kishan

नालापानी युध्दमा बलभद्रको फौज सित खुकुरी, खुडा, तरवार, गुलेलि, भरुवा बन्दुक र केही तोप जस्ता हतियार थिए । उता अङ्ग्रेज फौजहरु ठुलो सङ्ख्यामा आधुनिक हातहतियारले सुसुज्जित थिए । उनीहरु तीन हजार भन्दा बढिको संख्यामा थिए । अङ्ग्रेज फौजको नेतृत्व सेनापति माविले गरेका थिए। अङ्ग्रेज सेनापतिले लडाइँ नगर आम्मसमर्पन गर भनेर चिठ्ठि पठाउदा बलभद्र कुवरले यसको जवाफ लडाइँको मैदानमा दिउला भनेर चिठ्ठि फर्काएका थिए ।

कार्तिक १० गते अङ्ग्रेज सेनापति माबीको नेतृत्वको फौजले नालापानी किल्लामा पहिलोपटक आक्रमन गर्याे। नेपाली फौजले विरताका साथ लडे । अङ्ग्रेज फौज धेरै मारिए । नेपाली फौजका जवानहरुले पनि बिरगति प्राप्त गरे। किल्ला कब्जा गर्न नसके पछि अङ्ग्रेज फौज फर्क्यो।

कार्तिक १६ र १७ गते सेनापति जिलेस्पीको नेतृत्व पुन अङ्ग्रेज फौजले किल्लामा आक्रमन गर्याे। यो युध्दमा नेपाली फौज धेरै बहादुरीका साथ लड्यो । यो लडाइँ निकै खतरनाक थियो । नेपाली फौजले अङ्ग्रेज सेनापति जिलेस्पि र अनका दुई अंगरक्षक लगाएत धेरै अङ्ग्रेज सेना मारि दिए । अङ्ग्रेज सेना तितरबितर भएर भाग्यो । नेपाली फौजका केही जवानहरुले पनि विरगति प्राप्त गरे।

पछि केही दिन पछि मंसिर १२ गते माबिको नेतृत्वमा अङ्ग्रेज सेना फेरि दलबलसित नालापानीमा आक्रमन गर्न आयो । नालापानी किल्लामा जाने पानीको मुहान बन्द गरेर भिषन आक्रमन गर्याे। पानी पनि नखाएर बलभद्र कुवरको फौज बिरताका साथ लडे । किल्लामा खानेकुरा सकियो । तैपनि भोक र प्यासले नेपालीहरु लडिरहे। आत्मसमर्पन गरेनन्। अङ्ग्रेज सेनाका धेरैलाई मारे । आफुहरुले पनि धेरैले विरगति प्राप्त गरे । नालापानी यद्ध १२ र १३ फटक गरि पैतिस दिन सम्म चलेको थियो ।

काठमाडौंबाट थप सेना मद्दतका लागि नगएको र किल्लामा खाध्यान्न र पानी समेत नभए पछि बलभद्रको फौजले किल्ला छोड्ने निधो गर्याे । अन्त्यमा बचेका आईमाई र केटाकेटी सहितका नब्बे जनाको फौज लिएर बलभद्र कुवर हतमा खुकुरी नचाउदै, लड्दै र जवाफी प्रतिकार गर्दै किल्ला बाहिर निस्के । त्यसपछि नजिकको खोलामा गई पानी खाई बलभद्र कुवरको फौज जंगल पसेको ईतिहासकारहरु बताउँछ ।

लेखकःगणेश कुमार बस्नेत
दाङ घोराही, नेपाल (हाल रियाद, साउदि अरब)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.