सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगर प्रमुख चन्दले गरे बेदकोट–८ को वडा कार्यालयको शिलान्यास

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ को वडा कार्यालयको मंगलवार शिलान्यास गरिएको छ । बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले हिन्दु धार्मिक परम्परा अनुसार विधिपूर्वक वडा कार्यालयको एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन ।

Sana Kishan

बेदकोट नगरपालिका–८ गैलनदीस्थित वडा कार्यालयको शिलान्यास गरिएको वडाध्यक्ष दुर्गा सिंह भण्डारीले निगरानी खबरलाई बताए । बेदकोट–८ को वडा कार्यालय आफ्नै जमीनमा बन्न लागेको नगरपालिकाको तेस्रो वडा कार्यालय हो ।

यस अघि बेदकोट–३ र ७ को आफ्नै जमीनमा वडा कार्यालय स्थापना भएको थियो । आर्थिक बर्ष २०७६÷०७७ मा बेदकोट–१ र ८ को वडा कार्यालयको निर्माण सम्पन्न गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख अशोक कुमार चन्द, बेदकोट–९ का वडाध्यक्ष रामसिंह धामी, वडा सदस्य, समाजसेवी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.