Tuesday, November 24, 2020

नेकपालाई राष्ट्रपति सीका पाँच सन्देश(बुदाँसहित)

- Advertisement -


२६ असोज, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।
स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् ।

पहिलोः नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।

दोस्रोः नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

तेस्रोः चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

चौथाः अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।
पाँचौंः नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।
भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।

गुणात्मक सहयोगको अपेक्षा गर्छौंः प्रचण्ड

राष्ट्रपति सीसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले महत्व दिने र राष्ट्रपतिको यो भ्रमणमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएको एक सचिवालय सदस्यले बताए ।

उनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई व्यवहारमा नै देखाउने समेत बताए ।

प्रचण्डले नेपाल विकासको बाटोमा अगाडि बढ्ने प्रयास गरेको भन्दै यसमा चीनले अहिले गर्र्दै आएको सहयोगमा गुणात्मक वृद्धिको अपेक्षा गरेको समेत बताएका छन् । अनलाईन खबरबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वामदेवले भने म कुनै पनि गुटमा छैन

काठमाडौं, मंसिर ६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको...

प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेपछि…

काठमाडौं, कात्तिक १६ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सरकारको...

‘सुख्खा बन्दरगाहको सापना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

महेन्द्रनगर १६ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ । आईतबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया