Friday, December 4, 2020

सोल्टीमा सीको उच्चस्तरीय भेटवार्ता: महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै

- Advertisement -


काठमाडौं २६ असोज ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ होटल सोल्टीमा आइतबार बिहानदेखि उच्च स्तरीय भेटवार्तामा व्यस्त छन् ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ ।

दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन्। वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ ।

त्यसअघि प्रधानमन्त्री ओलीले सीसँग अलग्गै भेटवार्ता गरेका थिए। आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए ।

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो । सी आइतबार मध्यान्ह नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

वामदेवले भने म कुनै पनि गुटमा छैन

काठमाडौं, मंसिर ६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको...

प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेपछि…

काठमाडौं, कात्तिक १६ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सरकारको...

‘सुख्खा बन्दरगाहको सापना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

महेन्द्रनगर १६ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ । आईतबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया