Friday, November 27, 2020

१० अाैँ रनिङ चाँदीकप फुटबलकाे उपाधि सिद्धार्थलाई

- Advertisement -

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिका वडा न.७ मा आयोजना गरिएको दशौं रनिङ चाँदीकप फुटबल प्रतियोगिता -२०७६ को च्याम्पियन सिद्धार्थ युवा क्लब बनेको छ।

सनिवार भएको फाइनल सिद्धार्थ युवा क्लब र सुदूरपश्चिम एकेडेमी बिच भएको रोमाञ्चक खेलमा १-० गोलको अन्तरले सुदूरपश्चिम एकेडेमीले तेस्रो पटक उपाधी जित्ने दाउबाट सिद्धार्थ क्लब बाधक बन्दै उपाधी रक्षा गरेको छ।


प्रतियोगिताको पहिलो आफमा बरावरी खेलेको सुदूरपश्चिम एकेडेमीले दोस्रो आफमा सिद्धार्थ युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी कमल देउवाले आफ्नो टिमको लागि एक गोल गर्दै उपाधी जित हात पार्नमा उनको गोल नै निर्णायक बनेको थियो।

प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद धनराशि १ लाख ५७ हजार १ सय ११ रुपैया , ७८ तोला बराबरको चाँदीको ट्रफी र उपविजेता हुने सुदूरपश्चिम एकेडेमीले ७८ हजार ५ सय ५० रुपैया प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ। प्रतियोगिता युवाहरु लाई मध्यनजर गर्दै खेलकुद बिकासमा जोड र एउटा असल अब्बल खेलाडीको पहिचान संगै उत्पादन गर्ने मुख्य उद्देश्यका साथ १० वर्ष देखि चादिकप प्रतियोगिताको आयोजना हुँदै गरेको छ भने आगामी दिनको संस्करण भने चाँदिकप नभएर गोल्डकपको आयोजना हुने घोषणा गरिएको क्लबका सचीव प्रकाश तामाङले जानकारि गराएका छ्न। उनका अनुसार प्रतियोगितामा २६ टिमको उपस्थिति रहेको र असोज ८ गते उद्धघाटन संगै संचालन भएको थियो भने २५ गते एक कार्यक्रमका साथद प्रतियोगिताको समापन गरिएको छ।

समापन समारोहका सभापति आयोजक क्लबका अध्यक्ष बुद्धिमान तामाङ ,प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय तारा लाम तामाङ र विशिष्ट अतिथिमा नेकपा कञ्चनपुर जिल्लाका अध्यक्ष बिरबहादुर थापा “पातल”, कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द रहनु भएको थियो भने अतिथिमा कञ्चनपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ र जितबहादुर तामाङ लगायत जनप्रतिनिधि ,सुरक्षाकर्मी ,समाजसेवी , बुद्धिजीवी साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...

बीबीएल : होबार्टमा आवद्ध को-कोले खेलेका छन् आईपीएल?

१० औँ सिजनको बीबीएल आउँदो १० डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बीबीएल खेल्दैछन् । उनले आसन्न सिजनमा...

मृतक वडाध्यक्ष रोकायाको अन्त्येष्टी

कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको अन्त्येष्टी गरिएको छ । शुक्रबार बिहान घर नजिकैको किसान...

बेलडाँडी ५ का वडाध्यक्षले आत्महत्याको बाटो किन रोजे ?

कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किए । बिहान करिब ७ बजेतिर हिडेका रोकाया...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया