Wednesday, November 25, 2020

सीको सुरक्षामा छतदेखि आकाशसम्म सेना

- Advertisement -

२५ असोज, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।

सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बतायो । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।

सी काठमाडौं उत्रिनुअघिदेखि नै नेपाली सेनाले हवाई गस्ती गर्दै आएको छ । सी विमानस्थलबाट होटल सोल्टी प्रस्थान गर्दा पनि सेनाले ‘एरियल रेकी’ अर्थात् हवाई स्कर्टिङ गर्ने छ । सवारी सुरु हुनु अघिदेखि नै सडकमा अन्य गाडी र पैदलयात्रीको आवत–जावत बन्द गरिने छ ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले विशिष्ट पाहुनाको भ्रमणलाई लक्षित गरी सुरक्षा प्रवन्धमा कुनै कसर बाँकी नराखिएको बताए ।

सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित हुने गृह मन्त्रालय स्रोतले बतायो ।

सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्ने्छिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिने छ । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वामदेवले भने म कुनै पनि गुटमा छैन

काठमाडौं, मंसिर ६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको...

प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेपछि…

काठमाडौं, कात्तिक १६ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सरकारको...

‘सुख्खा बन्दरगाहको सापना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

महेन्द्रनगर १६ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ । आईतबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया