सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मापदण्ड विपरीत नदी उत्खनन्ः चालक छुटे, टिप्पर र जेसिभी अझै प्रहरी नियन्त्रणमा


महेन्द्रनगर २५ असोज ।

महाकाली नदीबाट मापदण्ड विपरी नदीजन्य पदार्थ (ढुङ्गा, वालुवा, गिट्टी) उत्खनन् गरेको भन्दैँ पक्राउ परेका टिप्पर र जेसिभी चालक रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरीले मापदण्ड विपरित नदीमा जेसिभी लगाएर उत्खनन् भईरहेको भन्दै तीन जेसिभी, १६ टिप्परसहित १९ चालकलाई नियन्त्रणमा लिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शनिबार बिहान प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैया महाकाली नदीक्षेत्रबाट पक्राउ गरिएको १९ जना चालकलाई काज गराएर छोडिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए ।

Dirghayu Ads

उनका उनका अनुसार चालकलाई नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नबारे सोधपुछ गरि छोडिएको उनले बताए । तर टिप्पर र जेसिभी भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खनन्बारे. जिल्ला समन्वय समितिको नेतृत्वमा बनेको समितिले कारवाही अगाडी बढाउने उनको भनाई रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.