Wednesday, November 25, 2020

महाकाली नदीमा ग्राभिल उठाउन गएका १६ टिप्पर सहित १९ चालक प्रहरी नियन्त्रणमा

- Advertisement -

कञ्चनपुर, असोज २५

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरीले मापदण्ड विपरित नदीमा जेसिभी लगाएर उत्खनन् भईरहेको भन्दै तीन जेसिभी सहित १६ टिप्पर नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैया महाकाली नदिक्षेत्रबाट जेसिभी, चालक र टिप्परसहित १९ जना चालकलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुर प्रहरीले वातावरणीय प्रभाव मुल्याङकनको मापदण्ड विपरित नदी उत्खनन् गरिएको भईरहेको भन्दैँ नियन्त्रणमा लिएको जनाएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले महाकालीमा जेसिभी प्रयोग नपाईने भन्दैँ उनिहरुलाईै नियन्त्रणमा लिईएको छ । उनका अनुसार ठेकेदार नदीको वातावरणीय प्रभाव मुल्याङकनको मापदण्ड विपरित रोयल्टी संकलन गरेको उनको भनाई छ ।

भवानी कम्पनीका प्रतिनिधी तेज बहादुर चन्दले महाकाली नदीबाट ढुङ्गा, गिट्टी वालुवा उत्खनन्का लागि जेसिभी प्रयोग हुने बताए । ‘यस अघिका बषौँ, बर्ष पनि जेसिभीबाटै संकलन हुन्थ्यो, ‘उनले भने, ‘आज आएर प्रहरीले के गर्न खोजेको हो, मैले बुझेन् ।’ महाकालीबाट ग्राभिलिङ्ग संकलनका लागि हात, अन्य औचारबाट सम्भव नहुँने जेसिभीको विकल्प नभएको बताए ।

नेपालभरका नदीनालाबाट जेसिभी लगाएरै उत्खनन् हुने गरेको बताउदै उनले प्रहरीको नियत ढिक नभएको आरोप लगाए । पुर्व सुचना बिनै धमाधम आएर मजदुरलाई पक्राउ गर्नु निन्दनीय काम भएको उनको भनाई छ ।
भीमदत्त नगरपालिबाट तीन करोड ७५ लाख रुपैयामा ठेक्का लिएको बताउदै उनले नगरपालिकाको सम्झौतामा प्रहरी लगाए जस्तो रोक नभएको बताए ।

उनले यस अघि संकलन गर्दा प्रहरीले रकम माग गरेको बताउदै रकम दिएपछि नरोकेको बताए । ‘प्रहरीलाई पैशा नदिएको झोकमा हाम्रा टिप्पर, भेसिभी नियन्त्रणमा लियो, ‘उनले भने, ‘मजदुरलाई अनाहकमा पक्राउ गरेर बयान लिईएको छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश कुमार आचार्यले मापदण्ड विपरित उत्खनन् र नदीखोलामा लगाउनै नहुने जेसिभी लगाएर उत्खनन् गरेकाले नियन्त्रणमा लिएको बताएका छन् । ‘महाकाली नदीमा ग्राभीलिङ्ग संकलनका लागि जेसिभी प्रयोग गरेको भेटायौँ, ‘प्रहरी प्रमुख आचार्यले भने, ‘त्यही भएर हामीले नियन्त्रणमा लिएका हौँ ।’

गैर कानुनी तरिकाबाट ढुङ्गा, गिट्टी र वालुवा संकलन भईरहेको हुँदा त्यसलाई रोक्नका लागि मात्रै प्रहरीले प्रयास थालेको उनको भनाई थियो ।

कानुन अनुसार संकलन भए त्यसलाई कुनै अवरोध नगर्ने बताए । मजदुरलाई पक्राउ नगरेको दावि गर्दै ठेकेदार बिरुद्ध थप प्रमाणका लागि उनीहरुसंग सोधपुछका लागि नदीबाट प्रहरी कार्यालयमा ल्याएको उनले बताए ।
ठेकेदारले दशौँ खर्च भन्दै १० हजार माग गरेको आरोप लगाएपनि प्रहरी पमुख आचार्यले कुनै रकमका लागि बार्कि्निङ्गका लागि नियन्त्रणमा नदिएको र कानुन कार्यान्वयनका लागि भएको दावि गरेका छन् ।

महाकाली नदी किनारमा रोकिएका टिप्पर र चालक केही घण्टापछि छाडेपनि तीन जेसिभी भने प्रहरीले आफ्नै नियन्त्रणमा राखेका छन् । टिप्पर मालिक यज्ञराज बैद्यले पनि प्रहरीले के गर्न खोजिरहेको भन्दै आपत्ति जनाए । उनले स्वरोजगारमा रहेका मजदुर र आफुहरुमाथी प्रहरीले गरेको व्यवहार राम्रो नभएको टिप्पणी गरे ।

निहत्था चालक मजदुरलाई पक्राउ गरेको भन्दै काँग्रेस निकट मजदुर संगठनले आपत्ति जनाएको छ । नेपाल टे«ड यूनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टले मजदुरलाई बिना कारण गैर कानुनी तरिकाले पक्राउ गरेर ल्याउनु अपराध भएको बताए ।

‘मुख्य अपराधी समान्तका लागि प्रहरीले आदालतको आदेश माग्छ, ‘उनले भने, ‘मालिकले अराएको काममा रहेका मजदुरलाई प्रहरीले पक्राउ गर्नु गैर कानुनी हो ।’ मजदुर थुन्नु धरकपट गर्नु र टर्चर दिनु राम्रो नभएको उनको भनाई छ । ‘मजदुरले जे मालिकले गर भन्छ, त्यही गर्ने हो, ‘मजदुरको के दोषि छ, ‘सकिन्छ, भने ठेकेदार र मालिक थुन्नुहोस ।’

मजदुरमाथीको यो कार्य प्रहरी दमन भएको मजदुर नेताको भनाई छ । मालिकसंग झुक्ने, मजदुर थुन्ने प्रवृति पनि ठिक नभएको उनको दावि छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया