Friday, December 4, 2020

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकको पछाडि बाँधेर घिसारियो (भिडियोसहित)

- Advertisement -

२३ असोज

एजेन्सी । सडक मर्मतमा चासो नदिएको भन्दै मेक्सिकोको दक्षिणी भागका स्थानीयले मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका छन्।

सडकको दुराअवस्थाबाट दिक्क भएका स्थानीयले मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्। एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मत नगरेकोले यस्तो कदम चालिएको स्थानीयले बताएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन । स्थानीयले केही बेर घिसारेपछि प्रहरीले बचाएका थिए ।

बीबीसीले उल्लेख गरेअनुसार मेयरमाथिको यो दोस्रो आक्रमण हो। यस अघि चार महिना पहिले पनि स्थानीयले मेयरको कार्यकक्ष घेरेका थिए। तर मेयर कार्यकक्षमा नभएकोले स्थानीयको आक्रमणबाट जोगिएका थिए। मेयरलाई सडकमा घिसारेको घटनामा संलग्न ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कपाल दान गरेपछि फ्यानहरुले गरे तारिफ मोडेल नीनाको

मोडेल नीनाले कपाल दान गरेपछि फ्यानहरुले गरे तारिफ एजेन्सी । भारतीय एक मोडेलले आफ्नो कपाल दान गरेकी छन् । मोडेल नीना सरकारले ‘सुपर डिमान्डको आधारमा’...

जापानमा पढ्न गएका नेपाली विद्यार्थीले नियम उल्लंघन गरेपछि एकै विद्यालयका ७८...

जापान`मा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनहिरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि...

चिनियाँ रक्षामन्त्री फेङ्हे काठमाडौँ आइपुगे

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छनु ।उनले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार...

भारतीय सेनामा कार्यरत रोहितले छोरीको अनुहार समेत हेर्न नपाई कश्मीरमा ज्या’न...

भारतको जम्मूकश्मीरमा भएको आ’तंककारी ह’मलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्या’न गुमाए । उनको घरमा रुवा बासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह...

फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन

यस्तो छ उनको जीवन र रोचक फुटबल यात्र फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्ये एक डियागो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको ह्रदयघातबाट मृत्यु...

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्।...

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँदिल्ली, । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न...

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया