सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा अटोचालक महराद्धारा माईत जादैँ गरेकी महिला बलाकृत

कञ्चनपुर, २५ असोज

दशैँको टीका थापेर माईतदेखि घर फर्किरहेकी कञ्चनपुरको पुर्नवासकी एक युवतीलाई अटोचालकले बलात्कार गरेको आरोप लागेको छ ।
महेन्द्रनगर माईती घर भएकी १८ वर्षिय युवतीमाथी अटो चालकले बिच जंगलमा बलात्कार गरेको पिडीतको आरोप छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिहले आफ्नै महिला यात्रुमाथी गयराती साढे ९ बजेतिर अटो चालक भरत सिह महराले बलात्कार गरेको बताए ।

World Link Ads
Mahakali Polytechnic

डोकेबजारदेखि घरसम्म पु¥याईदिन्छु भन्दै महराले आफ्नै अटो सुप प्रदेश ०१००१ ह ३१३१ नम्बरको अटोलमा ल्याएका थिए । पुर्नवास नगरपालिका ७ घर भएका ३१ बर्षिय महराले जंगलमा रोकी महिलामाथी जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले महिलालाई राती नै पक्राउ गरेको थियो ।

Sana Kishan

पीडित युवतीका घर परिवारले महरा बिरुद्ध उजुरी दिएपछि प्रहरीले जबरजस्तीकरण उद्योग अन्र्तरगत मुद्दा चलाएको छ । ईप्रका त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिहले पीडित पक्षले दिएको जाहेरी र पीडित पक्षको बयानका आधारमा मुद्दा दायर गरेर महरा बिरुद्ध कार्बाही प्रकृया अघि बढाएको बताए ।

महरालाई ईप्रका त्रिभुबनबस्तीले जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरमा पठाएको छ । भने, युवती सेभ हाउमा छिन् । अटो चालक महरापक्षधरले भने सहमती हो, वा जबरजस्तीकरण त्यसतर्फ पनि अनुसन्धान गर्नुपर्नेमा माग गरेका छन् ।

अटोवालाहरुले यसरी माईतीघरदेखि घर फर्किरहेकी एक्कली युवतीमाथी रातीको मौकाछोपी जंगलमा बलात्कार गरेको घटनालाई अधिकारकर्मीले निन्दनीय अमानविय भएको टिप्पणी गरेका छन् ।

कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटनाको निन्दा गर्दै पीडितलाई न्याय र दोषि उपर कार्बाहीको माग गरिन् । ‘घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ, ‘उनले भनिन, ‘शक्तिका भरमा कसैलाई छुट दिनु हुँदैन्, कानुनको नजरमा सबै बराबर हुन् ।’

महिलामाथी हुने हिंसा एव बलात्कारका घटना रोक्नकालागि कडा कानुन आएपछि कञ्चनपुरमा बलात्कारका घटना नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.