सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपति सी आज दिउँसो आउँदै, चिनसँग दर्जन बढी सम्झौताको तयारी

काठमाडौँ २५ असोज ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा आज दिउँसो काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय काठमाडौंमा रहेका कारण नेपाललाई दक्षिण एसियाकै राजधानी मान्ने गरिएको छ । नेपाल सार्कको अध्यक्षसमेत हो । चीन सार्कको पर्यवेक्षक मुलुक हो । चीनले सार्कमा आफ्नो भूमिका खोज्दै आएको छ ।

World Link Ads
Mahakali Polytechnic

सीले दुईपक्षीयबाहेक बहुपक्षीय र क्षेत्रीय विषयमा मोमल्लीपुरम र काठमाडौंमा छलफल गर्नेछन ्। नेपालमा हुने भेटमा उनले त्रिदेशीय सहकार्यको विषयमा पनि जोड दिने बताइएको छ। त्यो विषयमा नेपालले पनि आफूलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

सार्कका प्रभावशाली नेताको रूपमा रहेका नरेन्द्र मोदीसँग मोमल्लीपुर उहान–२ वार्ता गरी उनी सार्क अध्यक्षसमेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

उहान–१ मा चीन–भारतबीच प्लस वानको भूमिकामा नेपालको नाम आएको थियो। उनको राजनीतिक भ्रमणलाई दुईपक्षीय रूपमा मात्र लिन नहुने विज्ञको सुझाव छ । कूटनीतिक क्षेत्रका जानकारले नेपाली नेतालाई राष्ट्रपति सीको नेपाल भ्रमणलाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा लिँदै सावधानीपूर्वक वार्तामा प्रस्तुत हुन सुझाएका छन् ।

सरकारले दुईपक्षीय सहकार्यका एजेन्डा तयारी गरेको बताए पनि पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग बिहीबार मात्रै छलफल गरी औपचारिक धारणा बुझेको छ ।

चीन मामिलामा राजनीतिक नेतृत्त्वबीच मत बाझिएको अवस्थामा सरकार निकै सचेत भएर वार्तामा प्रस्तुत हुनुपर्ने सुझाव विज्ञले दिएका छन्। हिमालपारिको छिमेकबाट २३ वर्षपछि उच्चस्तरको भ्रमण हुन लागेको हो। उच्चस्तरीय भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउने हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्न सक्नु पर्ने सुझाव आइरहेको छ । सी भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिएको छ ।

सीको विचारधारामा चीन अघि बढिरहेको छ। माओ र तङ स्याओ पिङ पछि अर्का प्रमुख नेताको रूपमा दरिएका सीले विश्व नेतृत्वको महत्त्वकांक्षा प्रस्तुत गरिरहेका छन् ।

Sana Kishan

एकदिने भ्रमणको तयारीमा रहेका सी नेपालको आग्रहलाई स्वीकार गर्दै दुईदिने बनाउनुलाई उनले नेपालप्रति देखाएको चासोलाई झल्काएको छ। नेपाल चीनको विवादरहित छिमेक हो। नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो ।

यो विश्वासमा अडेको चीनसँगको सम्बन्धलाई अझ कसिलो बनाउने गरी आर्थिक सहकार्यमा नेपाल अग्रसर हुनु आवश्यक छ। सीको भ्रमणलाई सर्वसाधारणले पनि चासो देखाएका छन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ । सम्झौता तथा सहमतिको खाका नेपालले तय गरिसकेको छ ।

सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन्। सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने आशामा छन् ।

सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ। भ्रमणको एजेन्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ ।

केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयमा जोड दिइने भएको छ। यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ । अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ। भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

सीको बास सोल्टीमा

विदेशी विशिष्ट पाहुनाका लागि भन्दै राजपरिवारको चासोमा खुलेको नेपालका पुरानो पाँचतारे सोल्टी होटलमा चिनियाँ राष्ट्रपति सी बस्ने भएका छन्। उनीसहित चिनियाँ प्रतिनिधिमण्डलका लागि भन्दै सात बंग्लो, स्विट र अन्य २ सय ८० कोठा बुक गरिएको छ। क्यासिनो पनि चिनियाँको लागि बुक गरिएको छ। होटल चिनियाँ पक्षले चार दिनका लागि लिएको हो।

शीतल निवास र एयरपोर्टबाहेक अन्य समय राष्ट्रपति सी होटल सोल्टीमा नै हुनेछन्। उनीसँग केही मन्त्रीसहित एक सय पाँच जनाको टोली रहनेछ। शुक्रबारदेखि होटल सोल्टीको क्यासिनो बन्द गरी कडा सुरक्षा प्रबन्ध गरिएको छ। होटल सोल्टीमा करिब एक महिनादेखि चिनियाँ र नेपाली सुरक्षाकर्मीले रेकी गर्दै आएका थिए। सार्कका अधिकांश राष्ट्र तथा सरकार प्रमुख पनि त्यही होटलमा बस्ने गरेका थिए । अन्नपुर्ण पोष्टबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.