सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटामा वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर १२ विजयी

बिकाश सिहं महता , कञ्चनपुर / असोज २४

कञ्चनपुर जिल्ला स्थित शुक्लाफाटा नगरपालिका वडा न.१० मा आयोजना गरिएको वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिताको २०७६ को उपाधी वडा न.१२ ले हात परेको छ।

World Link Ads
Mahakali Polytechnic

शुक्रबार भएको फाइनल वडा न.१२ र वडा न. ९ बिचको रोमाञ्चक खेलमा ४-० को गोल अन्तरले वडा न.१२ ले उपाधी संगै च्याम्पियन बनेको छ।

प्रतियोगिताको च्याम्पियन तथा विजेता टिमले ३० हजार नगद धनराशि र उपविजेताले १५ हजार ट्रफी प्रमाणपत्र ,मेडल हात पारेको छ। प्रतियोगिताको उदयमान खेलाडी वडा न.४ का आयुष भण्डारी ,प्रतियोगिता भरिको क्रमश वडा न.१२ का उत्कृष्ट खेलाडी सिलाश राना, उत्कृष्ट गोलरक्षक अनिल राना ,उत्कृष्ट डिफेन्डर वडा न.१२ का देव ऎर भएका छन भने प्रतियोगिता भरि ६ गोल गर्दै सर्वाधिक गोलकर्ता अवार्ड वडा न.१२ का दिनेश राना ले हात पारेको छ। प्रतियोगिता अवधिको अनुशासित टिमको पुरस्कार वडा न.११ ले पाउन सफल बनेको छ।

Sana Kishan

हिन्दुहरुको महान चाड दशै पर्व तथा दिपावली को उपलक्ष्यमा न्यु एकता युवा क्लब शुक्लाफाटा -१० ले आयोजना असोज १८ गते देखि संचालन गरिएको थियो भने प्रतियोगितामा नगरपालिकामा रहेका १२ वडा मध्य ७ वडाका टिमको सहभागिता रहेको आयोजकले बताएको छ। प्रतियोगिताको मुख्य प्रायोजक प्रभु बैंक झलारी शाखाले गरेको आयोजक क्लबका अध्यक्ष सुरेश चौधरीले बताएका छन् ।

खेलाडीको स्तर उन्नतिका लागि खेलकुद क्षेत्रलाई बिकास र विस्तार गर्ने उद्देश्यले वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए।

समापन समारोहका सभापति न्यु एकता युवा क्लबका अध्यक्ष सुरेन्द्र चौधरी प्रमुख अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द , विशिष्ट अतिथिमा क्रमश जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल भट्ट , प्रभु बैंक झलारि शाखाका प्रवन्धक बेद प्रकाश पन्त ,वडा न.१० का अध्यक्ष लाल बहादुर ऎर ,जिल्ला खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्ष ज्ञानेन्द्र सिह र उक्त समितिका सदस्य विक्रम नेगि रहनु भएको थियो

भने अतिथिमा कञ्चनपुर उद्योग वाणिाज्य संघका निवर्तमान महासचिव दिपेन्द्र प्रकाश साउँद ,झलारी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नैनसिंह साउँद र कञ्चनपुर जिल्ला फुटबल संघका मिडिया संयोजक धन बहादुर महता लगायत समाजसेवी ,बुद्धिजीवी शिक्षाप्रेमी र जनसमुदायको उपस्थित रहेको थियो। समापन कार्यक्रमको उद्धघोषक तथा संचालन रमेश धामी गर्नु भएको थियो।

उक्त प्रतियोगिता भरिमा निर्णायकका साथै रेफ्रीको भुमिका एन्फा रेफ्री भरत महता,पदम चन्द र चन्द्र सिंह थलाल रहनु भएको थियी।

स्थानीय प्रतियोगिताले स्थानीय खेलाडी लाई प्रोत्साहनका साथै स्तर बुद्धिका निमित्त सहज बन्नुका साथै यस्ता प्रतियोगिता गर्नु भन्दा पुर्व खेलमैदान ,प्रशिक्षक समेत व्यवस्थापन गर्नु पर्ने खेलाडिले बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.