Saturday, November 28, 2020

सरकार कुन पार्टीको छ वास्ता नगरि निश्पक्ष भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन

- Advertisement -

काठमाडौँ २४ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत दिएका हुन् ।

उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सत्तापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताए ।
उनले भने “म सरकारको तर्फबाट भन्न चाहन्छु। कुन पार्टी सरकारमा छ ।
यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन । कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन।

को पक्षमा छ। को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नु हुदैन। को कुन पदमा छ , कुन ओहोदामा छ , के हैसियतको मान्छे हो ? कति सम्पत्तिवान मान्छे हो।

यस्ता कुराहरुके प्रहरीलाई मतलब हुनुहुदैन । कानुनको पालना, काार्यन्वय र अनुहार नहेरीकन निश्पक्ष छानविन गर्नुपर्छ । कसैको दबाब मान्न हुदैन । ”

प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताए । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिए ।

उनले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे। उनले दुवै दिवस एकै दिन मनाउदा बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति श्रृजना भएको उल्लेख गरे । नागरिक दैनिकबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया