सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम समाजको ” सेती महाकाली साँगीतिक सौगात -३” आज

दक्षिण कोरिया । खेतभरी लहलहाउने धानबाली लगायतका अन्नबाली थन्क्याउने धनधान्यको मनोहर शरद ॠतुको आगमनको खुशीयालीमा नेपाली दशैँ जस्तै विशेष उल्लासका साथ मनाइने कोरियन साँस्कृतिक पर्व छुसक आजबाट सुरू भएको छ।

छुसकमा सरकारी कार्यालय लगायत सबै निजी संघ संस्था र कम्पनीहरूमा तीन चार दिन लामो विदा दिइन्छ। कामबाट फुर्सद् रहने विदाका बखत साथीभाइहरूसंग भेटघाट गर्न सामाजिक उद्देश्य राखेर भोलि दोस्रो दिन सुदूरपश्चिम समाजले आयोजना गर्न लागेको साँगीतिक धमाका कार्यक्रम “सेती महाकाली साँगीतिक सौगात भाग-३” मा चर्चित गायिका इन्दिरा जोशी, कुलेन्द्र बिक र नेपाल आइडल रवि ओड संगै देउडा गायिका रेखा जोशी, डोटेली पप गायक चक्र बम, गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने, देउडा गायक भक्तराज भट्ट(डोटेली) र थारू समुदायका गायक मोहन चौधरीले उक्त कार्यक्रममा आफ्ना बेजोड लाइभ प्रस्तुती दिनेछन्।

Sana Kishan


कार्यक्रम सउल स्थित संङबुक कुमिन यसङ हेग्वान मा आयोजना हुने र उक्त स्थानसम्म सउल मेट्रो ट्रेन लाइन नं ४ को हानसङ युनिभर्सिटी स्टेशन को गेट नं ६ बाट १ नम्बर को बस चढेर ५ मिनेटमा अथवा हिँडेर ८-१० मिनेटमा पुग्न सकिने छ । साथै उक्त दिन दर्शकहरूको सुबिधाका लागि दोङदेमुन गेट नं ३ बाट कार्यक्रम स्थलसम्म नि:शुल्क बसको व्यबस्था समेत छ।

कोरियामा रहेका नेपाली समुदायको हित र भलाईका पक्षमा सन् २००५ मा स्थापित भई अविच्छिन्न रूपमा क्रियाशील पुरानो सामाजिक संस्था यहाँ रहेका सुदूरपश्चिमेलीहरूको एकमात्र साझा संस्था हो। परस्परमा सद् भाव र भाइचाराको भावना जागृत गराइ एकतावद्ध हुने र कोरियामा रहेका नेपाली समुदायको हित र भलाइको पृष्ठपोषण गर्दै आपत् विपतमा सहयोगी भूमिका निर्वाह गर्ने, सुदूरपश्चिमको मौलिक कला, भाषा र संस्कृतिको जगेर्ना र संवर्द्धन गर्नुका साथै अन्य सामाजिक संघ संस्थाहरूसंग सामाजिक कार्यमा हातेमालो गर्ने एवं प्राकृतिक प्रकोपका बेला मातृभूमिको सहयोगका लागि जुट्ने संस्थाको मुलभूत उद्देश्य रहेको छ। समाजले आफ्नो उद्देश्य प्राप्तिका लागि बेला बखत विभिन्न मानवीय सेवा सहयोगका अभियानहरू संचालन गर्नुका साथै सामाजिक उद्देश्यले रचनात्मक कार्यहरू समेत गर्दैआएको छ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा टेवा पुर् याउने उद्देश्यले यसपटकको छुसकमा सुप समाजले ‘सेती महाकाली साँगीतिक सौगात भाग-३’ को व्यानरमा वृहद् साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो। समाजले सामाजिक क्षेत्रमा लामो समयदेखि पुर् याएको योगदान, सकृयता र सहभागिताका कारण कोरियामा रहेका आम नेपाली समुदायमा ‘सेती महाकाली साँगीतिक सौगात भाग -३’ प्रति अत्यन्त उत्साह देखिएको छ। कार्यक्रममा सुदुरपश्चिमेली देउडा, थारु संस्कृति लगायत लोक दोहोरी र पप तथा आधुनिक विधाका चर्चित कलाकारहरूलाई समाबेश गरिएकोले सबै खालका दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

World Link Ads
Mahakali Polytechnic


कार्यक्रम संयोजक कमल शाहीका अनुसार आज दिउँसो १२ बजे कलाकार टोली ईन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। सुदूरपश्चिम समाजका अध्यक्ष लालबहादुर साउदले लागि कोरियामा रहनु भएका सबै संघसंस्था, सामाजिक अभियन्ता, व्यापारी, वुद्धिजिवी, विद्यार्थी, पत्रकार आम नेपालीहरूमा हार्दिक निमन्त्रणा गर्नुभएको छ।
यसैबीच संस्थाका पूर्व अध्यक्षहरू चक्र बलायर, दिपक रावल, नरबहादुर साँकी, दिलिप रावल, सुवाष हमाल, जितेन्द्र महता, धर्मराज जोशी, नवीन कार्की, पूर्व कावा अध्यक्ष हर्कदेव उपाध्याय, सल्लाहकारहरू साम्राज्य विक्रम पाँडे, एल बि बिष्ट, डा. अग्नीराज कोइराला, डा. बलदेव भट्टराई, डा. तारामान कडायत, डा. शेरबहादुर रावल, ईश्वर धामी, सुरेन्द्र भण्डारी, सुदूरपश्चिम समाज बुसान अध्यक्ष ईश्वर रोकाया, प्रोफेसर ज्ञानेन्द्र जोशी, प्रोफेसर सिद्धार्थ विक्रम पाँडे, विद्यावारिधीका लागि कोरियामा रहनुभएका विद्यार्थी कमला साउद र चारु बिष्टले कार्यक्रममा गरिमामय उपस्थितिका लागि कोरियामा रहेका सम्पूर्ण नेपाली दर्शक दाजुभाई तथा दिदीबहिनीहरूमा संयुक्त रूपमा हार्दिक अपील गर्नुभएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.