सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘समृद्धीका दिगो विकास लक्षीत योजना आवश्यक’ : राज्यमन्त्री रावल

393
Sana Kishan

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले समृद्धीका लागि दिगो विकासमा जोड दिनु पर्ने बताएका छन् ।
बुधबार महेन्द्रनगरमा निड्स नेपालको २० औँ साधारण सभालाई सम्बोधन गदैँ राज्यमन्त्री रावलले यस्तो बताएको हुन् ।

उनले समृद्धीको नारा दिगो विकासले मात्रै सम्भव हुने बताउँदै ‘हामी गर्ने हरेक विकास दिगो हुनु पर्छ, क्षणीक विकासले समृद्धी ल्याउन सकिदैँन्’ उनले भने ।

Arus

प्रदेश सरकारले पनि दिगो विकासलाई आत्मसाथ गरेको उनको भनाई छ । साथै प्रदेश सरकारले वितरणमुखी भन्दा पनि उत्पादनमुखी कार्यक्रम तथा योजनालाई प्राथमीकतामा राखेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राज्यमन्त्री रावलले सामाजिक कार्यसँगै समृद्ध नेपालको सहयात्रामा सबैले एकजुट हुन आग्रह गरे । प्रदेश सरकारले पर्यटन क्षेत्रको प्रचारप्रसारसँग पुर्वाधार निर्माणमा पनि जोड दिएको बताए ।

त्यस्तै कार्यक्रममा कञ्चनपुरका प्रदेश सभा सदस्यद्धय महेश दत्त जोशी, लाल बहादुर खडका र कुलबिर चौधरीले निड्सले आउँदा दिनमा जनताको जनजिविकाका सवालमा काम गर्नुपर्नेमा सुझाव दिए ।
यस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधीले समेत संयुक्त साझेदारीमा विकास गर्नुपर्ने बताउदै विकासका लागि हातेमालो गर्न तयार रहेका थिए ।

Karnali Traders

विभिन्न समाजिक क्षेत्रका बुद्धिजिवी समाजसेवी एव गैर सरकारी संस्थाका पदाधिकारीले समेत संस्थाले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको विकासका लागि महत्वपुर्ण काम गरेको प्रसंसा गरेका थिए ।
त्यस्तै कार्यक्रममा निड्सका कार्यकारी निर्देशक भावराज रेग्मीले संस्थाले २० वर्ष देखि निरन्तर सुदूरपश्चिमको सामाजिक विकासमा महत्वपुर्ण भुमीका खेल्दैँ आएको बताए ।

निड्सको अध्यक्षमा पुन ः अञ्जु

राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल) कञ्चनपुरको अध्यक्षमा पुन ः अञ्जु जोशी(भट्ट) चयन हुनुभएको छ ।

बुधबार महेन्द्रनगरमा सम्पन्न भएको निड्सको २० औँ बार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट अध्यक्षमा अञ्जु नेतृत्वको नयाँ कार्य समिति चयन भएको हो ।

उपाध्यक्ष लोकेन्द्र प्रशाद जोशी, सचिव बीर बहादुर सिह (ठकुरी), कोषाध्यक्ष रविन्द्र प्रशाद देवकोटा, सदस्य बुद्धिराम चौधरी, कर्ण सुनार, दुर्गा मल्ल, ज्योती रसायली चयन भएका छन् । देवचन्द्र उपाध्यायको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । सदस्यमा राजेन्द्र बहादुर सिह र भागरती विष्ट चयन भएका छन् ।

उक्त समिति सहमतीय आधारमा चयन भएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.