सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निड्सको २० औं साधारण सभा: असहाय सेवा कोष स्थापना गरिने, पुराना कार्यक्रमलाई निरन्तरता

296
Sana Kishan

महेन्द्रनगर २५ भदौ ।
राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल) कञ्चनपुरको २० औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।

बुधबार महेन्द्रनगरमा सम्पन्न भएको २० औँ साधारण सभाले पुराना कार्यक्रमलाई निरन्तरता दिनुका साथै महत्वपुर्ण नयाँ कार्यक्रम समेत अघि सारेको छ ।

Arus

निड्सले चाुल आर्थिक वर्षका लागि सात करोड बढी बजेट विनियोजन गर्दै असहाय सेवा कोष र स्वयमसेवक परिचालन कोष स्थापना गर्ने लक्ष्य लिएको छ । भने पुराना कार्यक्रमलाई निरन्तरतासँगै विस्तार गरिने जनाएको छ ।

निड्सले आर्थिक वर्ष २०७६÷७७ का लागि सात करोड १४ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

निड्स नेपालका कोषाध्यक्ष विर बहादुर सिहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आन्तरिक स्रोत तर्फ १४ लाख, ५८ हजार, बाह्य स्रोत सात करोड एक हजार अनुमानित बजेट विनियोजन गरिएको बताए ।

उनले संस्थाको लक्ष्य प्रतिका लागि आर्थिक कारोबार सीमा बढ्दै बढाउदैँ गएको बताए ।

निड्सले महेन्द्रनगर शाखाको विपद् आपतकालिन सेवा केन्द्र निर्माण ऋण भुक्तानी र बेलौरीमा रहेको सामुदायिक बीउ बंैक भवन निर्माणलाई पूर्णता दिन ऋण सापटी अनुदान र सहयोगी खोजी गरिने जनाएको छ ।

Karnali Traders

त्यस्तै निड्सका अध्यक्ष अज्जु भट्टले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

अध्यक्ष भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा मानवबेचबिखन रोकथामको नीति तथा कार्यक्रम उच्च प्राथमिकतामा राखिएको छ ।

‘लोकतन्त्र मानव अधिकार र सामाजिक न्यायमा पहरेदारी, सामाजिक अभियान, सुशासन र समृद्धीका लागि साझेदारी’ भन्ने मुल नारा लिएको निड्सले जैविक विविधता संरक्षण, स्वदेशी उत्पादन वृद्धि, प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व, महिला तथा बालबालिका सुरक्षा र सिमान्तकृत समुदायको शसक्तिकरण गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।

२०५१ सालमा कञ्चनपुरको बेलौरीमा स्थापना भएको निड्सको २० औँ साधारण सभामा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकास रावल, प्रदेश सभा सदस्यद्धय महेश दत्त जोशी, लाल बहादुर खडका, कुलबिर चौधरी, जिसस प्रमुख फैरु तामाङ्ग,स्थानीय तहका प्रमुख एंव उप–प्रमुख लगायत जनप्रतिनिधि, विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधि,अधिकारकर्मी लगायतको सहभागीता रहेको थियो ।

साथै वार्षीक साधारण सभामा कार्यक्रममा निड्सले संस्थाका उत्कृष्ट चार कर्मचारीलाई सम्मान समेत गरेको छ ।

सम्मानीत हुनेमा हरियो वन परियोजनाका केशब मलासीसँगै लेखा अधिकृत अनिता डगौरा, ट्रोसा परियोजनाका शुनिल सेट्टी र गोपाल कुँवर रहेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.