सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितवनबाट विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

२५ भदौ ।
सरकारले प्रतिवन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ का छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ परेका छन् ।

उनिहरुलाई बुधबार चितवनबाट प्रहरीले पक्राउ गरेको हो ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयनको माग गर्दै भरतपुरस्थित चितवन मेडिकल कलेजमा आन्दोलको अगुवाइ गरेका प्रकाश चन्दसहित अन्य १५ विद्यार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सो क्रममा प्रहरीले आन्दोलनको भिडियो खिच्ने दुई जनालाई पनि पक्राउ गरेको छ ।

अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । नयाँ पत्रिकाबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.