सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम विश्वविद्यालय: एमबीएको पाठ्यक्रम बनेको दुई वर्ष बित्यो, पढाई अझै सुरु भएन्

एमबीए कार्यक्रम सञ्चालनका लागि छलफल गरिदैँ

931
Sana Kishan

मदन गिरी
महेन्द्रनगर २५ भदौ ।
सुदूरपश्चिम विश्वविद्यालयले तत्काल शैक्षिक कार्यक्रम अन्र्तगत सुरु गर्ने गरि बनाएको एमबिएको पाठ्यक्रम त्यसै थन्कीएको छ । २०७४ भदौमा निर्माण गरिएको एमबिए कार्यक्रमको पाठ्यक्रम कार्यान्वयन हुन सकेको छैन् ।

सुदूरपश्चिम प्रदेशमा एमबिए कार्यक्रमको उच्च माग भईरहेको भए पनि विश्वविद्यालयले उक्त कार्र्यक्रम सञ्चालन गर्न सकेको छैन् । आर्थिक क्षेत्रका लागि दक्ष जनशक्ती उत्पादन गर्न सक्ने उक्त कार्यक्रम सञ्चालन नहुदाँ राष्ट्रले नै दक्ष जनशक्ती पाउँन सकेको छैन् ।

Arus

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वको समितिले एमबीएको पाठ्यक्रम तयार पारेको थियो ।

व्यवस्थापन संकायका तत्कालिन विभागीय प्रमुख समेत रहेका प्राध्यापक पाठक नेतृत्वको समितिले २०७४ भदौँ १४ गते कार्यकारी परिषद्लाई एमबिएको पाठ्यक्रम मोडेल बुझाएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेमराज पन्त, पुस्कर बज्राचार्य, बालकृष्ण श्रेष्ठ र खगेन्द्र ओझा सदस्य रहेको समितिले पाठ्क्रम तयार पारेको थियो ।

पाठ्यक्रम निर्माण समितिका संयोजक प्राध्यापक पाठकले तत्काल एमबीए कार्यक्रम सञ्चालन गर्ने भनेर तयार गरिएको पाठ्यक्रम हालसम्म कार्यान्यवन नभएको बताए । उनले सुदूरपश्चिममा एमबीए पढाईको उच्च माग भएपनि विश्वविद्यालय कार्याक्रम सञ्चालन गर्न नसक्नु दुखद् भएको बताएका छन ।

‘सुदूरपश्चिम प्रदेशमा एमबीएको उच्च माग छ, तत्काल सुरु गर्ने भनेर निर्माण गरिएको पाठ्यक्रम कार्यान्यवन गरिनु पर्छ’ प्राध्यापक पाठकले भने ‘विश्वविद्यालयले एमबीए कार्यक्रम सञ्चालन गर्न नसक्दा यहाँका विद्यार्थी महंगो शुल्क तिरेर बाहिर पढ्न बाध्य भईरहेका छन’ उनले भने ।

आफ्नो कार्यकालमा एमबीए कार्यक्रमका लागि पटक–पटक पहल गरिएको उल्लेख गदैँ आवश्यक स्रोत साधन तथा जनशक्ती व्यवस्थापन गरि कार्यक्रम सञ्चालन गरिनु पर्ने उनको भनाई छ ।

महेन्द्रनगरमा मात्रै तीन वटा बिबिए र छ वटा क्याम्पसमा बिबिएसको पढाई हुन्छ । जसमा हरेक वर्ष एमबीए पढ्न चाहाने सयौँ विद्यार्थी उत्पादन हुने गरेका छन् ।

महेन्द्रनगरमा उक्त कार्याक्रमको पढाई नहुदाँ काठमाडौ लगायतका ठुला सहरमा महंगो शुल्कमा तिर्न बाध्य छन् भने कतिपय विद्यार्थीहरु अन्य विषय पढेर चित्त बुझाउने गरेका छन् ।

एमबीए कार्यक्रम सञ्चालनका लागि छलफल गरिदैँ

Karnali Traders

त्यस्तै एमबीए कार्यक्रम चलाउन व्यवस्थापन विभाग तयार रहेको विभागीय प्रमुख प्रेमसिंह खातीले बताए । उनले उक्त कार्याक्रम सञ्चालनका लागि विभाग पुर्ण रुपमा तयार रहेको र त्यसका लागी पहल भईरहेको बताए ।

‘विश्वविद्यालयका लागि एमबीए महत्वपुर्ण कार्यक्रम हो, चालु शैक्षिक शत्रबाट कार्यक्रम सञ्चालनका लागि पहल भईरहेको छ’ विभागीय प्रमुख खातीले भने ‘एमबीए सञ्चालनका लागी डीन कार्यालयसँग छलफल भईरहेको छ, संम्भवः चाुल शैक्षिक शस्त्रबाट पढाई सुरु गछौँ’ उनले भने ।

कार्यक्रमबारे छलफलका लागि डीन कार्यालयले आउँदो बिहिबार बैठक समेत डाँकेको छ । एमबीए कार्यक्रम सञ्चालनका लागि कार्य विधि बनाएर अघि बढ्ने उनको भनाई छ ।

साथै पछिल्लो समयमा बिबिएमा विद्यार्थीको चाप बढ्दै गएको र विश्वविद्यालयबाट पास आउट भएका विद्यार्थीको कार्य सम्पादन राम्रो रहेको जानकारी आउने गरेको विभागीय प्रमुख खातीले बताए ।

विश्वविद्यालयमा हाल व्यवस्थापन संकायको स्नाकोत्तर तहमा एमबीएम पढाई हुने गरेको छ ।

त्यस्तै व्यवस्थापन संकायका डीन पद्मकान्त जोशीले एमबीए कार्याक्रम सञ्चालनका लागि आवश्यक अध्ययन भईरहेको बताए ।

‘कार्यक्रम सञ्चालका लागी पुर्वाधार जनशक्ती सबै कुरा चाहिन्छ, आवश्यक विषयका बारेमा अध्ययन भईरहेको छ’ डीन जोशीले भने कार्याक्रम सञ्चालनका लागि हामी सकारात्क छौँ आवश्यक अध्ययन गरि निष्र्कषमा पुग्छौँ ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस बिबिएस चौथो वर्षकोे परिक्षा दिएर बसेका विद्यार्थी नागेश प्रशाद पन्तले एमवीए कार्यक्रम तत्काल सञ्चालन गरिनु पर्ने बताए ।

उनले यस क्षेत्रमा उक्त कार्याक्रमको निकै अबसर भएकाले विश्वविद्यालयले एमबीएको पढाई सुरु गरिनु पर्ने बताए ।

विद्यार्थी पन्तले उक्त कार्याक्रम सञ्चालका लागि विश्वविद्यालयलाई दबाव दिदैँ आएको बताउँदै आवश्यक दबावका लागि विद्यार्थी तयार रहेको उनको भनाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.