सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फिफा विश्वकप छनोटः नेपालको ऐतिहासिक जित, चाइनिज ताइपेई २-० ले पराजित

भदौ २४, २०७६ काठमाडौं
फिफा विश्वकप फुटबल २०२२ को एशिया छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित निकालेको छ।

चाइनिज ताइपेइलाई उसकै मैदान मुनिसिपल रंगशालामा २-० ले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो।

Sana Kishan

नेपालको तुलनामा बलियो मानिएको र फिफा वरियतामा नेपालभन्दा अगाडि गरहेको चाइनिज ताइपेइलाई हराउन नेपालका अन्जन विष्टले उत्कृष्ट प्रदर्शन गरे।

World Link Ads
Mahakali Polytechnic

ताइपेईविरुद्ध दुवै गोल अन्जनले गरेका हुन्। पहिलो खेलमा कुवेतसँग ७–० गोल को फराकिलो अन्तरले पराजित नेपालले मंगलबार ताइपेईविरुद्धको खेल जित्दै स्पष्ट तीन अंक जोडेको छ। ताइपेई यसअघि पहिलो खेलमा जोर्डनसँग २–१ गोलले पराजित भएको थियो।

दोस्रो चरणको छनोटमा नेपाल रहेको समूह ’बी’मा पाँचवटा देश रहेका छन्। कुवेत र जोर्डन अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.