सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको उद्घाटन

मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रियो

248
Sana Kishan

काठमाडौ २४ भदौ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आ–आफ्नो मुलुकबाट नेपाल–भारत पेट्रोलियम पाइपलाइनको ‘भिडियो कन्फरेन्स’मार्फत ‘स्वीच’ थिचेर विधिवत उद्घाटन गर्नुभएको छ ।

प्रम ओली र मोदीले संयुक्त रुपमा स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नुभएको हो । यो सँगै बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना मंगलवारबाट औपचारिक रुपमा शुरुवात भएको छ ।

Arus

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।

Karnali Traders

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले बताएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौं ढुवानी खर्च जोगिने बताइएको छ ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक रू.२ अर्ब भन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएकै दिन इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गर्नुभएको थियो । परियोजनाको लागत रू. २ अर्ब ७५ करोड भारतीय रुपये रहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.