सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर भन्सारबाट एक अर्व पाँच १५ करोडको समान आयात, निर्यात १० करोड मात्रै

पाँच करोड मुल्य बराबरको समान निर्यात

मदन गिरी
महेन्द्रनगर २४ भदौ ।
गड्डाचौकी स्थीत नेपालको पश्चिमी नाका कञ्चनपुर भन्सार कार्यालय ठु्लो मात्रामा व्यापार असन्तुलन देखिएको छ । भारतबाट आयात गरिने सामाग्रीको तुलनामा नेपालबाट पैठारी थोरै हुदाँ पश्चिमी नाकामा उच्च व्यापार असन्तुलन देखिएको हो ।

गड्डाचौकी भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा पश्चिमी नाकाबाट एक अर्व १५ करोड ६९ लाख ३४ हजार मुल्य बराबरको सामान आयात गरिएका छन । १० करोड ७० लाख ८१ हजार मुल्य बराबरको निर्यात भएको भन्सार कार्यालयका सुचना अधिकारी केशब विष्टले बताए ।

उनका अुनसार गड्डाचौकीबाट तरकारी, फलफुल, कपडा र काजग कञ्चा पदार्थ बढी मात्रामा भित्रिने गरेका छन भने नेपालबाट घ्यू, रिठा, तेजपत्ता लगायतका सामान निर्यात हुने गरको छ ।

World Link Ads
Mahakali Polytechnic

गत आर्थिक वर्ष २०७५÷७६ मा माछाको भुरा पाँच करोड ९८ लाख ३९ हजार, आलु सात करोड ९९ लाख ८९ हजार, गोलभेडा दुई करोड ३९ लाख ७५ हजार र दुई करोड १२ लाख ६२ हजार मुल्य बराबरको प्याज भारतबाट आयात गरिको छ ।

Dirghayu Ads
Sana Kishan

त्यस्तै केरा दुई करोड ९१ लाख, सुन्तला दुई करोड ४० लाख ९४ हजार, स्याउ आठ करोड ३७ लाख ९३ हजार मुल्य बराबरको सामान आयात गरिएको छ ।

सात करोड ५८ लाख ४६ हजार मुल्य बराबरको कम्बल, पाँच करोड ६१ लाखको तन्ना, छ करोड ४१ हजार मुल्यका बराबरको तयारी पोषाक भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा एक अर्व २० करोड २४ लाख मुल्य बराबरको सामान आयात गरिएको थियो भने तीन करोड ४१ लखको सामानको नेपालबाट पैठारी भएको भन्सार कार्यालयको सुचना अधिकारी विष्टको भनाई छ ।

‘सुदूरपश्चिमा उद्योगधन्दा नभएको निकासी हुने वस्तु उत्पादन हुने सकेको छैन, पहाडी क्षेत्रबाट आउने सामान पनि पछिल्लो समयमा घट्दै गएको छ’ भन्सारका सुचना अधिकारी विष्टले भने ‘हामी कहाँ निकासी गर्न सामान छैन, सबै कुराका लागि परनिर्भरताको अवस्था रहेकाले भारतसँगको व्यापार असन्तुलन वर्षेनी बढिरहेको छ ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.