सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

झुलाघाटमा मोटरेबल पुलको माग राख्दैँ दुई दशकदेखि आन्दोलन

बैतडी २२ भदौ ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल बनाउने पर्ने माग राख्दैँ बैतडीवासि लामो समयदेखि आन्दोलनरत रहेका छन् ।
मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु समेत रहेको झुलाघाट पुरानो नाका पनि हो ।

उक्त नाकामा पक्की पुल नहुदाँ आवातजावतमा समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेशको मात्रै नभई कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक पनि सोही नाकाबाट रोजगारीका लागि भारत जाने गरेका छन् ।

बैतडीवासिले झन्डै दुई दशदेखि नाकामा पक्की पुल निर्माणका लागि बेलाबेलामा आन्दोलन गर्ने गरेका छन् । पक्की पुल नभएकै कारण झुलाघाट नाका सञ्चालनमा आउन सकेको छैन ।
मोटरेबल पुल निर्माणका लागि करिब दुई दशकदेखि आन्दोलन गरे पनि बैतडीवासिको माग माग पूरा हुन सकेको छैन ।

World Link Ads
Mahakali Polytechnic

झुलाघाटमा मोटरेबल पुल नहुँदा यस क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । उनका अनुसार नाकामा पक्की पुल नहुदाँ सामान आयात तथा निर्यातमा समस्या भएको छ ।

त्यस्तै बैतडीका सथानीय विनोद बहादुर चन्दले बेला बेलामा स्थानीयले पक्की पुल निर्माणका लागि माग गरे पनि कुनै सुनावाई नभएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा पनि एजेण्डा बन्ने गरे पनि निर्माणमा कुनै पहल नभएको दशरथचन्द नगरपालिकाका स्थानीय चन्दको भनाई छ ।

करिब डेढ सय वर्षअघि इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे जिर्ण झोलुङ्गे पुलकै सहारामा स्थानीयले आउजाउ गर्दै आएका छन् । दुईरचार जनाभन्दा धेरै एकपटक हिँड्न नमिल्ने पुल जिर्ण भएकै कारण दैनिक आवातजावत गर्न समस्या भइरहेको छ ।

Sana Kishan

पुल निर्माणका लागि दबाव दिन बैतडीको स्थानीयले आईतबार रिल अनसन समेत बसेका छन् । जुलाघाट मोटरेबल पुल निर्माणका लागि गठित संघर्ष समिति अहिले आन्दोलनरत छ ।

दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुल नहुँदा भारतको उत्तराखण्ड राज्यका नागरिक समेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष संजीव जोशीले बताए ।

उनले भने ‘पक्की पुल निर्माण भएपछि नेपालीलाई मात्र होइन, सीमावर्ती भारतीय नागरिकलाई पनि सहज हुनेछ। यसले दुई देशबीचको व्यापारमा पनि बृद्धि हुनेछ ।’ पुल निर्माणका लागि २०५५ सालदेखि सर्वे गर्ने गरिएको छ । सर्वेअनुसार ९० मिटर लामो मोटरेबल पुल निर्माण गर्नुपर्नेछ ।

२०५६ सालमा पुलेको डीपीआरसमेत बनेको थियो। ६ करोड लागन अनुमान गरियो । २०५६ सालतिर पुल निर्माणका लागि भारतीय पक्षबाट सर्वे भएको हो।

सर्वेपछि पुल बन्नेमा आशावादी थियौं’ झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष जयसिंह भाटले भने, ‘अहिलेसम्म पुल बन्ने कुनै संकेत छैन। हामीले धेरैपटक सरोकारवाला गुर्हायौं।
तर कसैले पनि सुनुवाइ गरेनन्।’ पुल निर्माणकै लागि बैतडीवासीले २०५९ सालदेखि आन्दोलन गर्दै आएका छन्। धेरैपटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै स्थानीयले पुल निर्माणमा दवाव दिन अनसन बस्ने तयारी गरेका छन्।

‘हामीले प्रशासन अगाडि अनिश्चितकालीन रिले अनसन सुरु गर्नेछौं। सरकार पुल बनाउने विषयमा गम्भीर देखिँदैन, अब अनसनको विकल्प छैन’ उद्योग वाणिज्य संघका अध्यक्ष चन्दले भने। ‘सुदूरपश्चिम प्रदेशका प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट वार्षिक हजारौंको संख्यामा धार्मिक पर्यटक आउने गर्छन्।

तर पक्की पुल नहुँदा अपेक्षा अनुसार पर्यटक आउन सकेका छैनन्’ अर्का स्थानीय गणेश थापाले भने। सुदूरपश्चिममा पहाडि जिल्लाका अधिकांश नागरिक उपचारका लागि भारत नै जाने गरेका छन्। पुल नभएकै कारण गम्भीर प्रकृतिका बिरामीलाई समयमै अस्पताल र्पुयाउन समस्या परेको अर्का स्थानीय यज्ञराज बोगटीले बताए । अन्नपुर्ण पोष्टबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.