सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको स्याउले बजार पाएन्, १ रुपैयाँमा ३ दाना स्याउ

ढुवानीमा गाउँपालिकाको अनुदान

439
Sana Kishan

बाजुरा २२ भदौ ।
बाजुरामा उत्पादीत स्याउले बजार नपाएपछि किसान मारमा परेका छन् । विगत लामो समयदेखि स्याउ खेति गदैँ आएका किसानले बजार पाउन सकेका छैनन् ।

१५ वर्ष देखि स्याउ खेति गदैँ आएका स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ लगाएका छन् । बारीका सबै बोटमा बारीमा लटरम्म स्याउ फलेका छन् तर स्याउले बजार नपाउदाँ बारीमै कुहिरहेको छ ।

Arus

एक रुपैयाँमा तीन दानाका दर स्याउ विक्री गर्ने गरेको उनले बताए । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको भएपछि बजार नपादाँ न्युन मुल्यमा स्याउ बेच्नु परेको उनको गुनासो छ ।

लाखौं मूल्यको स्याउ खेर जाने बताउँदै शाहीले ‘किन्न कोही आउँदैन । बजार निकै टाढा छ। भरियालाई बोकाएर र्पुयाउन सकिँदैन । स्याउ बस्तुभाउलाई कँुडो बनाएर खुवाउनुपरेको छ ।’उनले भने ।

गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाहीले बताए ।
गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन्। प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन ।

स्वामीकार्तिक खापर गाउँपालिका(३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ ।

Karnali Traders

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन। तर बजारसम्म पहुँच र्पुयाउन कुनै निकायले पनि सहयोग नगरेको गुनासो किसानको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ।

राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ। ‘एक रुपैयाँमा एक दाना त कोही किन्दैन। १५ रुपैयाँ किलो त महँगो भयो नि। ४÷५ दानामा किलो भइहाल्छ’, किसान गजुर शाहीले भने ।

किसानले वर्ष दिनमै फल दिने कल्मी स्याउ लगाएका छन्। ‘सानो बोटमा पनि लटरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा सडक नपुग्दा किसान निराश छन्’, गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने। बजारसम्म स्याउ र्पुयाउन गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरिरहेको उनले बताए ।

ढुवानीमा गाउँपालिकाको अनुदान

स्याउले बजार नपाएपछि जिल्ला कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने भएको छ। केन्द्रले ढुवानी अनुदानका लागि सूचना प्रकाशित गरेको छ।

केन्द्रले बारीबाट बजारसम्म र्पुयाइदिनेछ। स्याउ बिक्री भने किसान आफैंले गर्नुपर्ने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए। जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ।

मार्तडी(कोल्टी सडक सञ्चालन नभए ढुवानीमा समस्या हुने जैशीले बताए। जिल्ला सदरमुकाम मार्तडी र आसपासका बजारमा भने स्याउ प्रतिकिलो १ सय ५० देखि दुई सयसम्म बिक्री हुँदै आएको छ। अन्नपुर्ण पोष्टबाट ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.