सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरियामा सेती–महाकाली सांगितिक सौगात, नेपाल आईडल रविसहित दर्जर्नौँ कलाकारको प्रस्तुती

468
Sana Kishan

सउल, दक्षिण कोरिया

कोरियाली पर्व छुसकमा गायिका इन्दिरा जोशी, कुलेन्द्र बिक र नेपाल आइडल रवि ओड कोरिया आउने भएका छन ्।

Arus

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको ’सेती महाकाली सांगितिक सौगात भाग–३ लाइभ कार्यक्रम’ का लागि समाजले उनीहरूलाई कोरिया बोलाउन लागेको हो।उनीहरूसंगै देउडा गायिका रेखा जोशी, डोटेली पप गायक चक्र बम र गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने पनि समाजको कार्यक्रमका लागि कोरिया आउदैछन् ।

पछिल्लो समय अत्यन्त चर्चित “सालको पात टपरी “ गीतका गायक कुलेन्द्र बिक, नेपाल आइडल सिजन २ का बिजेता रवि ओड र पप तथा आधुनिक गायिका इन्दिरा जोशीको डान्स सहितको मनोरन्जनात्मक प्रस्तुति बिशेष रहने जनाइएको छ ।

उहाहरूसंगै देउडा गायिका रेखा जोशी, डोटेली लोक पप स्टार चक्र बम, गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने र हाल कोरियामा रहेका देउडा गायक भक्तराज भट्ट र थारु संस्कृति तथा आधुनिक गायक मोहन चौधरीले पनि स्टेज तताउनेछन ्।

कार्यक्रमका लागि कलाकारहरूको भिषा प्रक्रिया, हल लगायत सबै तयारी पूरा भैसकेको कार्यक्रम संयोजक कमल बहादुर शाहीले जनाए।

कार्यक्रम सउल स्थित संङबुक कुमिन यसङ हेग्वान मा आयोजना हुने र उक्त स्थानसम्म सउल मेट्रो ट्रेन लाइन नं ४ को हानसङ युनिभर्सिटी स्टेशन को गेट नं ६ बाट १ नम्बर को बस चढेर ५ मिनेटमा अथवा हिँडेर ८(१० मिनेटमा पुग्न सकिने छ ।

Karnali Traders

साथै उक्त दिन दर्शकहरूको सुबिधाका लागि दोङदेमुन गेट नं ३ बाट कार्यक्रम स्थलसम्म निस्शुल्क बसको व्यबस्था समेत गरिएको छ ।

कोरियामा रहेका नेपाली समुदायको हित र भलाईका पक्षमा सन् द्दण्ण्छ मा स्थापित भई अविच्छिन्न रूपमा क्रियाशील पुरानो सामाजिक संस्था यहाँ रहेका सुदूरपश्चिमेलीहरूको एकमात्र साझा संस्था हो ।

परस्परमा सद् भाव र भाइचाराको भावना जागृत गराइ एकतावद्ध हुने र कोरियामा रहेका नेपाली समुदायको हित र भलाइको पृष्ठपोषण गर्दै आपत् विपतमा सहयोगी भूमिका निर्वाह गर्ने, सुदूरपश्चिमको मौलिक कला,भाषा र संस्कृतिको जगेर्ना र संवर्द्धन गर्नुका साथै अन्य सामाजिक संघ संस्थाहरूसंग सामाजिक कार्यमा हातेमालो गर्ने एवं प्राकृतिक प्रकोपका बेला मातृभूमिको सहयोगका लागि जुट्ने संस्थाको मुलभूत उद्देश्य रहेको छ ।

समाजले आफ्नो उद्देश्य प्राप्तिका लागि बेला बखत विभिन्न मानवीय सेवा सहयोगका अभियानहरू संचालन गर्नुका साथै सामाजिक उद्देश्यले रचनात्मक कार्यहरू समेत गर्दैआएको छ ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउने उद्देश्यले यसपटकको छुसकमा सुप समाजले ’सेती महाकाली साँगीतिक सौगात भाग–३ को व्यानरमा वृहद् साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

समाजले सामाजिक क्षेत्रमा लामो समयदेखि र्पु याएको योगदान, सकृयता र सहभागिताका कारण कोरियामा रहेका आम नेपाली समुदायमा ’ सेती महाकाली साँगीतिक सौगात भाग –३ ’ प्रति अत्यन्त उत्साह देखिएको छ ।

कार्यक्रममा सुदुरपश्चिमेली देउडा, थारु संस्कृति लगायत लोक दोहोरी र पप तथा आधुनिक विधाका चर्चित कलाकारहरूलाई समाबेश गरिएकोले सबै खालका दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको संस्थाका अध्यक्ष लालबहादुर साउदले बताए ।

उहाँले कार्यक्रमलाई अत्यन्त उत्साहका साथ सफल पार्न कोरियामा रहेका आम नेपालीहरूमा आफ्नो तर्फबाट सक्दो साथ र सहयोग गरिदिन हुन अनुरोध गर्नुभएको छ।

यसैबीच संस्थाका पूर्व अध्यक्षहरू चक्र बलायर, दिपक रावल, नरबहादुर साँकी, दिलिप रावल, सुवाष हमाल, जितेन्द्र महता, धर्मराज जोशी, नवीन कार्की, पूर्व का वा अध्यक्ष हर्कदेव उपाध्याय, सल्लाहकारहरू साम्राज्य विक्रम पाँडे, एल बि बिष्ट, डाँ अग्नीराज कोइराला, डा शेर बहादुर रावल, डाँ बलदेव भट्टराई, डाँ तारामान कडायत, ईश्वर धामी, सुरेन्द्र भण्डारी, सुदूरपश्चिम समाज बुसान अध्यक्ष ईश्वर रोकाया, प्रोफेसर ज्ञानेन्द्र जोशी, प्रोफेसर सिद्दार्थ विक्रम पाँडे, विद्यावारिधीका लागि कोरियामा रहनुभएका विद्यार्थी कमला साउद र चारु बिष्टले कार्यक्रममा गरिमामय उपस्थितिका लागि कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा संयुक्त रूपमा हार्दिक अनुरोध गरिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.