सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोजपुरका बहुविवाह गर्ने युवकलाई डेढ वर्ष जेल, १० हजार जरिवाना

234
Sana Kishan

भोजपुर २१ भदौ ।

भोजपुरको आमचोक गाउँपालिका एक युवक बहुबिवाहको मुद्धामा जेल चलान भएका छन् ।

Arus

दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका–९ दुम्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिबानाको फैसला सुनाएको छ ।

अदालतले श्रेष्ठसँग विवाह गरेकी कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला गरेको छ ।

Karnali Traders

त्यस्तै अदालतले पीडकहरुबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो ।

श्रेष्ठको जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई गएको जेठ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसुर ठहरिएकोले कैद, जरिबाना र क्षतिपूर्तिको फैसला गरेको हो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.