सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको तिलाचौरमा बिसरती मेला

कञ्चनपुर, भदौँ
कञ्चनपुरको उत्तरी गाउँ तिलाचौरमा आज बिसरती मेला हुँदै छ । भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेला हुन लागेको हो ।

दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिको आयोजनामा बिसरती मेला–०७६ हुन लागेको छ । परापुर्वकादेखि सुदूरपश्चिमेली (बझाङ्गी) समुदायले बिसरती मनाउदै आएका छन् । पहाडी क्षेत्रमा मनाउदै आएको पर्व तराई कञ्चनपुरमा समेत मेला मनाउदै आएका हुन ।

दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समिति मेला मुल आयोजक समितिका संयोजक मदन मिश्रले मेला त्रिभुवन माविको प्राङ्गणमा मेला आयोजना गरिएको बताए । संयोजक मिश्रले मेलामा दिउँसैदेखि रातभरी देउडा खेलिने बताए ।

World Link Ads
Mahakali Polytechnic

दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिका कोषाध्यक्ष समेत रहेका मेलाका अनुयायी धर्मेन्द्र थापाले दुर्गा र सुर्मादेविले राक्षस महेषासुर संगको लडाईमा जित हासिल गरेको खुसियालीमा मनाईदै आएको पर्वलाई निरन्तरता दिदै आएको बताए ।

Dirghayu Ads
Sana Kishan

उनका अनुसार व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन् । १८ भदौँमा जाग्राम, १९ मा व्रत बस्ने र २० गते मन्दिरबाट तिलाचौरको फिल्डमा ल्याएर बिर्सजन गरिन्छ ।

दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष नारायण मिश्रले अरु बर्षका भन्दा यस बर्ष पृथक बनाईने बताए । अध्यक्ष मिश्रले मेलालाई धार्मिक पर्यटकिय विकासका रुपमा परिणत गरिने बताए ।

‘मेला स्थानदेखि नजिकै भम्केनी धाम छ, ‘उनले भने, ‘मेलामा आएका दर्शनार्थी भम्केनी पनि जानेछन् ।’ अध्यक्ष मिश्रले हरेक बर्ष भदौँ २० गते मनाईने पर्वलाई सभ्य, भव्य र कञ्चनपुरकै धार्मिक मेलाका रुपमा विकास गर्नका लागि सबै समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगमा अपिल गरे ।

मेला परिसर भित्र धुम्रपान तथा मध्यपान निषेध गरिएको छ । अध्यक्ष मिश्रले धर्म,संस्कृति कला एव परम्परा संरक्षणका लागि समेत सरोकारवालाले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोडदिए । मेला अवलोकनका लागि आयोजकले सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.