सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खोलाले जीप बगाउँदा एकको मृत्यु, दुई घाइते

228
Sana Kishan

दोलखा २० भदौ
दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीप खोलालाई बगाएको हो ।

Arus

खोलाले जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले बताए ।

Karnali Traders

उनका अनुसार जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर करिब १० मिटर तल र्पुयाएको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.