सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली करिडोरः १० वर्षपछि ईआईए प्रतिवेदन

पाँच हजार रुख काटीदैँ, ४४६ घरदुरी विस्थापीत हुने

548
Sana Kishan

मदन गिरी
महेन्द्रनगर २० भदौ ।

सुदूरपश्चिमको गौरवकै आयोजननाका रुपमा रहेको ब्रह्मदेव–दार्चुला महाकाली लोकमार्ग(महाकाली करिडोर)को वातावरण प्रभाव मुल्याङ्कन(ईआईए) प्रविवेदन तयार भएको छ ।
निर्माण सुरु भएको १० बर्षपछि महाकाली करिडोरको वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएको हो ।

Arus

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी, दार्चुला हुदै तिंकर जोड्ने महाकाली करिडोर २०६६ सालबाट निर्माण कार्य सुरु भएको थियो ।
बुधबार महेन्द्रनगरमा ईआएको जिम्मा पाएको जियोसिई कन्सल्टेण्ट्स प्रालि\युनिक ईन्जिनियरिङ कन्सल्टेण्ट्स प्रालिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रालिले महाकाली करिडोर ईआईए सार्वजनिक गदैँ कञ्चनपुरमा पर्ने उक्त मार्गको वातावरण प्रभावबारे सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । कन्सल्टेण्ट्स प्रालिका ईआईए प्रमुख रेसम बानियाँले करिडोर दुई सय ५४ किलोमिटर सडक खण्डमा पाँच हजार रुख काटिने बताए ।

उनका अनुसार १२ दशमलव पाँच हेक्टर वनको क्षेत्रफल पर्ने करिडोरमा उक्त रुख परेका छन् । त्यस्तै सात हजार साना रुख करिडोर मार्गमा रहेका छन् ।

करिडोरमा एक सय १८ हेक्टर खेतियोग्य जमिन, ७८ हेक्टर, २३ दशमलव ९१ हेक्टर घाँस र बाँझो जमिन छ हेक्टर रहेको प्रतिवदेनमा उल्लेख छ ।
त्यस्तै महाकाली करिडोर निर्माणका क्रममा चार सय ४६ घर विस्थापीत हुनछन् ।

जसमा भीमदत्त नगरपालिकाका ५७, परशुराम नगरपालिकाका ५५, भागेश्वर गाँउपालिकाका ४, शिवनाथ गाँउपालिकामा २१, दशरथचन्द नगरपालिका २७, दोगडा केखार गाँउपालिका ५७, लेकममा २, मालिकार्जुन गाँउपालिका १३ र महाकाली नगरपालिकाका दुई सय १० घर करिडोरले विस्थापीत हुने प्रतिवेदनको निष्र्कष छ ।

Karnali Traders

करिडोर मार्गमा २०३५ देखि २०७४ सम्म बनेका घरको लागत १८ हजार देखि ४५ लाखसम्म रहेको छ । भने करिडोर निर्माण गर्दा उचित मुआब्जा घर तथा प्रतिस्थापन गर्न ईआईए प्रतिवेदनले सुझाएको छ ।

पञ्चेश्वर गाँउपालिकामा पर्ने घरबारेको रिर्पोट तयार भईनसकेको परामर्श दाताले जनाएको छ । आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मुल्याङ्कनको प्रतिवेदन तयार गरिएको उनको भनाई छ ।

७१ किलोमिटर ट्र¥याक खोलियो

दुई सय ९१ किलोमिटर महाकाली करिडोरमा हालसम्ममा ७१ किलोमिटर सकडको ट्र¥याक खोल्ने काम सकिएको छ । कुल दुई सय ५४ किलोमिटर नयाँ बन्ने उक्त करिडोरखण्डमा ७१ किलोमिटर सडकको ट्र¥याक खोलिएको हो । बाँकी ३७ किलोमिटर सडक राजमार्गमा पर्नेछ ।

ट्र¥याक खोलिएको सडकमध्ये डडेल्धुरामा १२ किलोमिटर, बैतडीमा ३९ र दार्चुलामा २० किलोमिटर सडक रहेको छ भने कञ्चनपुरमा काम नै सुरु हुन सकेको छैन् ।
र्इंआईए प्रतिवेदन नबन्दा कञ्चनपुरस्थीत करिडोरखण्डमा काम हुन नसकेको आयोजनाले जनाएको छ ।

महाकाली करिडोरकाने १० किलोमिटर भुभाग कञ्चनपुरमा पर्छ भने बैतडीमा एक सय ४०, डडेल्धुरामा ६४ र दार्चुलामा ७७ किलोमिटर सडकखण्ड रहेको छ ।

चालु आर्थिक वर्षमा करिडोरका लागि सुदूरपश्चिम प्रदेश सरकारले १३ करोड बजेट विनियोजन गरेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.