सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य, आज स्वदेश फर्किंदै

253
Sana Kishan

काठमाडौं २० भदौ ।
प्रधानमन्त्री केपी ओली शुक्रबार स्वदेश फर्किंदै छन् । उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किन लागेको हुन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।

Arus

ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएको रहेको छ ।

Karnali Traders

‘प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न साढे १२ बजे स्वदेश फर्किंदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने ।

प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किंदै छन् । ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए ।

त्यसबेला उनी एक साता उपचार गराएर साउन १८ मा फर्किएका थिए । १० दिनपछि प्रधानमन्त्री ओली फलोअप उपचारका लागि सिंगापुर गएका थिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.