सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीलंकामा जारी अन्डर १९ : एशिया कपको पहिलो खेलमा अफगानिस्तान संग पाकिस्तान ८५ रनले पराजित

307
Sana Kishan

श्रीलंकामा जारी अन्डर १९ एशिया कपको पहिलो खेलमा पाकिस्तान पराजित भएको छ । पाकिस्तान लाई अफगानिस्तान ले ८५ रनले पराजित गर्दै पहिलो जीत हात पार्यो ।

टस जितेर फील्डिङ गरेको पाकिस्तानका बलरले बर्षाबाधित खेलमा निर्धारित ४६ अफगानिस्तान लाई १६२ रनमा रोकेका थिए । अफगानिस्तानका सेदिक़ुल्लाह अटलले सर्बधिक २९ रन बनाएका थिए ।

पाकिस्तानका बलर अमीर अली र फहद मुनीरले ३/३ विकेट लिए । त्यस्तै अब्बास अफरीदीले २ र नसीम साहले १ सफलता पाएका थिए ।

Arus
Karnali Traders

डकवर्थ लेविसको आधारमा ४६ ओवर मा १६४ रनको लक्ष्य पाएको पाकिस्तानको पुरै टीम ७८ रनमा ऑलआउट भयो । पाकिस्तानको तर्फबाट सर्बधिक रन बनाउने ब्याट्समेम इरफान खानले १९ रन बनाएका थिए । त्यस्तै अर्का ब्याट्समेम कप्तान रोहिल नाजिरले १६ रन बनाए भने अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

अफगानिस्तानका बलर शफीकुल्लाह घफरी सबैभन्दा सफल बलर रहे उनले ४ ओवरमा १५ रन ख़र्चेर ३ विकेट लिए । त्यस्तै फैजल हक, आबिदुल्लाह तानिवाल र नूर अहमदले २/२ विकेट लिए । अर्का बलर जास्मिद खानले १ विकेट लिएका थिए ।

यस प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेल आयोजक श्रीलंका संग भोली सुक्रबार खेल्नेछ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.